बाबरेबाट भयो ४ केजी सालकको खबटा बरामद

दीक्षण समाचार
सिंगटी, २६ चैत
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गुल्म हेडक्वाटर दोलखाद्धारा सालकको खवटा बरामद गरेको छ । कालिञ्चोक गाँउपालिका वडा नं. २ बाबरे पृथ्वीटोलबाट सालकको खपडा बरामद गरेको हो । प्रतिबन्धित सालकको खबटा अवैध कारोबार भई रहेको भन्ने बिशेष सुचना सुराकीका आधारमा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।
गुल्ममा सूचना प्राप्त भए पश्चात यस गुल्म मातहत सशस्त्र प्रहरी बल, नेपाल माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सुरक्षा बेश लामाबगरबाट गते सहायक प्रहरी निरीक्षक फुर्गेली शेर्पाको कमाण्डमा १० जनाको टोली खटिएर सोमबार साँझ ४ केजी सालकको खपडा (अखेटोपहार) नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका डिएसपी किरणकुमार कठायतले जानकारी दिए ।
सालकको खबडा नियन्त्रमा लिए तापनि त्यसको कारोबारी व्यक्तिहरु भने व्यक्तिहरु फरार भएको भएका छन् । बरामद खपडा आवश्यक कारवाहीको मंगलबार डिभिजन वन कार्यालय चरिकोट दोलखामा बुझाईएको उनले बताए

Shares

Be the first to comment on "बाबरेबाट भयो ४ केजी सालकको खबटा बरामद"

Leave a comment

Your email address will not be published.


*