बाढी पहिरोमा बेपत्ता महिलाको खोजी कार्य जारी

चरिकोट(दीस)ः गत शुक्रवार आएको भिषण वर्षा पछिको पहिरो र बाढीका कारण बेपत्ता भएकी महिला जाङमु शेर्पाको खोजी कार्य जारी रहेको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर नौ को डोगाङमा पहिरो र बाढीका कारण हराएकी होटल ब्यावसायी जाङ्मु शेर्पाको खोजी कार्य जारी रहेको हो । घटनामा बेपत्ता भएकी जाङ्मु शेर्पाको खेजी कार्य सुरक्षा निकायका टोलीहरु, स्थानीय सरकार तथा स्थानीयहरुबाट भइरहेको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । शुक्रबार राति भिषण वर्षा पछि आएको बाढी र पहिरोमा परी होटल ब्यावसायी शेर्पा बेपत्ता हुनु भएको थियो भने डोगाङका आठवटा होटलहरु बाढीले बगाएको थियो ।

Shares

Be the first to comment on "बाढी पहिरोमा बेपत्ता महिलाको खोजी कार्य जारी"

Leave a comment

Your email address will not be published.


*