बाढीपहिरोले क्षतिग्रस्त स्थानमा मन्त्री खड्का

दीक्षण समाचार
चरिकोट, साउन २६
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले बाढी र पहिरो प्रभावितलाई राहतको व्यवस्था गर्ने बताउनुभएको छ । मेलुङ र तामाकोशी गाउँपालिकामा बाढीपहिरोले क्षतिग्रस्त स्थलको अवलोकन र प्रभावितलाई भेटघाटको क्रममा मन्त्री खड्काले प्रभावितहरुलाई सान्तत्वनाका साथै राहतको व्यवस्थापनसहित जोखिम न्यूनीकरणका लागि पहल गर्ने आश्वासन समेत दिनुभएको हो । सम्बन्धित पालिका तथा वडाका जनप्रतिनिधिसँगै बिहीबार मन्त्री खड्काले तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे, वडा नं. ४ मालु र ५ शहरे मेलुङ गाउँपालिकाका वडा नं. ७ सितलीमा पुगेर क्षतिको निरीक्षण तथा प्रभावितसँग भेटघाट गर्नुभएको हो । सितलीमा मन्त्री पुगेर पहिरो नियन्त्रण र दिगो व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको वडाध्यक्ष नवराज खड्काले बताउनुभयो । त्यसैगरी वडा नं. ५ का वडाध्यक्ष शम्भु प्रसाद फुँयालका अनुसार बाढीले क्षतिग्रस्त मालु बस्तीको निरीक्षण गर्दै मन्त्री खड्काले थप जोखिम हुनबाट जोगाउन पहल गर्ने र प्रभावितलाई राहत दिने आश्वासन दिनुभयो ।

Shares

Be the first to comment on "बाढीपहिरोले क्षतिग्रस्त स्थानमा मन्त्री खड्का"

Leave a comment

Your email address will not be published.


*