बाटो बनाउन दवाव ः भोली चरिकोटमा शंङख फुकेर विरोद्ध हुदैँ

चरिकोट – खाडीचौर–चरिकोट सडक विस्तारको काम ढिलासुस्ती गरेको भन्दै दोलखाबासीले आन्दोलनलाई जारी राखेका छन् । आन्दोलन अन्र्तगत शनिबार त्यहाँका स्थानीयले ठेकेदारविरुद्ध शंख फुकेर विरोध गर्ने अनौठो तरिका अपनाउने घोषणा गरको छन् ।

यसअघि दोलखाको ‘लाईफलाईन’ खाडीचौर–चरिकोट सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका मालिकको फोटो गाडीमा टालेर सांकेतिक विरोध सुरु गरेका दोलखाबासीले त्यसयता चरिकोटमा मानव साङलो र सिठ्ठी जुलुस निकालेका थिए ।

विकास निर्माणमा राज्य र निर्माण व्यवसायीको लापरवाहीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेपछि जिल्लाबासी सडक संघर्षमा आउन बाध्य भएको त्यहाँका स्थानीयको आरोप छ । पानी परेका बेला सडक घण्टौं फस्ने र हिउँदमा धुलोको कारण त्यहाँका स्थानीय बर्षौदेखि समस्यामा छन् । यो पनि पढ्नुस मुडे देखी चरिकोट सडक निर्माण दुई तीन भित्र निर्माण थालनी गर्छौ – व्यवसायी सापकोटा 

ठेक्का लागेको ५ बर्ष वितिसक्दा पनि खाडीचौरदेखि चरिकोटसम्मको सडक अहिलेसम्म निर्माण हुन सकेको छैन् । निर्माण व्यवसायीको चरम लापरबाही र सरकारकै मिलेमतोले त्यहाँका स्थानीयले जोखिमपूर्ण यात्रा र सास्ती खेप्नुपरेको छ ।      मुडे चरिकोट सडक फलोअप ःसंघर्ष समिति अदालत जाने

सवा अर्ब लागतमा दुई ओटा प्याकेजमा बाँडेर निकालिएको ठेक्का मध्ये २५ किलोमिटरको खाडीचौर मुडे खण्डमा ५ बर्षमा १३ किलोमिटर मात्र कालोपत्रे भएको छ भने ३० किलोमिटरको मुडे–चरिकोटखण्डको प्रगती विवरण शुन्य छ।

हामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरीsubcribes गर्न नविर्सनुस है ।

Shares

Be the first to comment on "बाटो बनाउन दवाव ः भोली चरिकोटमा शंङख फुकेर विरोद्ध हुदैँ"

Leave a comment

Your email address will not be published.


*