चरिकोट, माघ १४
बागेश्वरी असल शासन क्लब (बास) दोलखाको अध्यक्षमा सुजन काफ्ले निर्विरोध चयन भएका छन् । बुधबार चरिकोटमा भएको दोस्रो भेलाले काफ्लेको अध्यक्षतामा ९ सदस्यिय बास जिल्ला शाखा दोलखा गठन गरेकाे हो । उपाध्यक्षमा गोपाल उग्रकोटी, सचिवमा धनराज तमाङ, सहसचिवमा नवराज खड्का र कोषाध्यक्षमा इश्वर बिश्वकर्मा चयन भएका छन् । यसैगरि सदस्यहरुमा सविता कार्की, सर्मिला महत, विनिता सुवेदी (भण्डारी) र रोशन कार्की निर्विरोध चयन भएका छन् । सल्लाहकार रुपमा पुर्वअध्यक्ष समेत रहेका गोकर्ण प्रसाद भण्डारी चयन भएका छन् । अध्यक्ष सुजन काफ्लेले क्लबमाफृत् भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रिय हुने र विभिन्न सामाजिक कार्य गरिने बताए । जिल्लामा भ्रष्टाचार बिरुद्धको अभियान मात्र नभई अन्य सामाजिक विकृत्ति विसङ्गतीलाई समेत परास्त गर्न विभिन्न निकायसँगको सहकार्यमा काम गरिने छ । भष्ट्रचारलाई निरुत्साहित गरि सदाचारयुक्त समाजको निर्माणको लागि क्लबले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । अझै शसक्त रुपमा आफ्ना गतिविधीलाई सञ्चालन गरि सभ्य समाजको निर्माणमा सघाउ पु¥याउने प्रमुख लक्ष्यका साथ क्लबले काम गर्ने उनले बताए ।
Be the first to comment on "बागेश्वरी असल शासन क्लब (बास) दोलखाको अध्यक्षमा काफ्ले"