बागमती प्रदेश सरकारद्धारा दोलखाका ८ क्षेत्रलाई बजेट

चरिकोट (दीस) –बागमती प्रदेश सरकारले दोलखाका ८ क्षेत्रलाई बजेट मार्फत समेटेको छ । आइतबार बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु. ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको ल्याएको बजेटमा दोलखाका ८ योजना समेटेको हो ।
चरिकोट अस्पताल सहित अन्य २१ ओटा अस्पताललाई प्रदेश स्तरिय अस्पताल निर्माण गर्न १२ करोड ८० लाख बजेट विनियोजन गरेको छ । अति सिमान्तकृत एवम् लोपोन्मुख लगायत लक्षित समूहका बालबालिकाहरुको गुणस्तरिय शिक्षा पहुँच सुनिश्चित गर्न दोलखा सहित ५ जिल्लालाई आवासिय विद्यालय तथा पूर्वाधार विकासका लागि १२ करोड बिनियोजन गरेको छ । त्यसैगरी गौरीशंकर गाउँपालिका–५, सुरीमा २५०० रोपनी जमिनमा नयाँ सामुहिक खेतीको सुरुवातको लागि बजेट बिनियोजन गरिएको छ ।
दोलखा जिल्लाको निश्चित क्षेत्रलाई आलु खेतीको विशिष्ट क्षेत्र तोकी कार्यक्रमको सुरुवातको लागि बजेट बिनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
गौरीशंकर परिपथलाई कार्यान्वयनमा लैजान ,रामायण (द्वाल्खा–जनकपुर) सर्किटको लागि बजेट परेको छ। भीमेश्वर (दोलखा बजार) पुराना मौलिक शैलीका घरहरुको संरक्षण गर्न घरधनीहरुको सहलगानीमा पराम्परागत कला संस्कृति र सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गरिएको छ । दोलखाको डाङडुङे डाँडामा निर्माणाधिन फिल्म सिटीको भौतिक पूर्वाधार निर्माणको लागि बजेट बिनियोजन गरिएको बागमति प्रदेश सरकारका अर्थमन्त्री कैलाश ढुंगेलले बताए । ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरेका छन् । पुँजीगततर्फ रु. २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Shares

Be the first to comment on "बागमती प्रदेश सरकारद्धारा दोलखाका ८ क्षेत्रलाई बजेट"

Leave a comment

Your email address will not be published.


*