बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको साझेदारीमा ः भटमासे जिलु सडक कालो पत्रे गर्न शुरु

चरिकोट (दीस) । भीमेश्वर नगरपालिका वडा नम्बर ४ कोे भट्मासे–जिलु सडक कालोपत्र गर्न शुरु गरिएको छ । भट्मासे जिलु सडकको सार्कीस्वाँरा–भट्मासे गोलाई सडकखण्ड वाग्मती प्रदेशको समपुरक अुनदान तथा भीमेश्वर नगरपालिकाको सझेदारीमा कालोपत्र गर्न शुरु गरिएको हो । सो सडकखण्ड १ करोड ८९ लाख (भ्याट सहित) को लागतमा १ किलोमिटर सडक कालोपत्र गर्न शुरु गरिएको भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले बताए । कृषि उपजकालागि अब्बल जिलु वस्तीमा उत्पादिन कृषि उपज विक्रीका लागि किसानलाई सहज होस् भन्ने उद्देश्यले यो सडक कालोपत्र गर्न शुरु गरिएको उनको भनाइ छ । भट्मासेदेखि जफती गोलाईसम्म ११ दशमलव पाँच किलोमिटर कुल लम्बाई रहेको भट्मासे–जिलु सडकको निर्माणका लागि २०७२ सालमा नै डीपीआर तयार भइसकेको र सोही डीपीआर अनुसार सडक पक्कि बनाउने काम क्रमशः हुने भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर चारका वडाध्यक्ष हरिवंश चौँलागाईंले बताए ।पाँच मिटर चौडा सो सडकमा २५० मिटर ढालान तथा ७५० मिटर कालोपत्र गरिने छ । ढलानको चौँडाइ ५ मिटर तथा पिच ३ दशमलव ५ मिटर चौँडाईको रहेको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेस राउतले बताए । सडक निर्माणको गुणस्तर कायम गर्नका लागि नगरपालिकाले सडक निर्माणको निरन्तर अनुगमन गरिरहेकोे उनको भनाइ छ । पहाडी भुभाग भएकोले अन्य प्रविधिमा आधारित कालोपत्रका तुलनामा बढी टिकाउ हुने देखिएकोले प्रिमिक्स प्रविधिबाट कालो पत्रे भइरहेको उनले बताए । अमुल एन्ड स्नेह निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार कटिङ, फिलिङ, ग्याविङ, मेस्नरी, पक्कि नाला, कल्वर्ट, ढलान लगायतका काम सम्पन्न गरी कालोपत्र गर्न शुरु गरिएको अमुल एन्ड स्नेह निर्माण सेवाका प्रोप्राइटर प्रविन श्रेष्ठले बताए । असार मसान्तसम्म ठेक्काको म्याद भएपनि चैतभित्रै सबै काम सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ । यसैगरी सोही सडकको भट्मासे–नागथान खण्डको थप ५०० मिटर कालोपत्र गर्नका लागि ९० लाख (भ्याससहित) को लागतमा टेन्डर आह्वान गरिएकोमा टेन्डर प्रकृया सम्पन्न भइ ठेक्का सम्झौताको चरणमा रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।

Shares

Be the first to comment on "बागमती प्रदेश र भीमेश्वर नगरपालिकाको साझेदारीमा ः भटमासे जिलु सडक कालो पत्रे गर्न शुरु"

Leave a comment

Your email address will not be published.


*