बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

मकवानपुर, ३२ साउनः बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । साथै मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरिएको उहाँले बताउनुभयो । —

Shares

Be the first to comment on "बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा"

Leave a comment

Your email address will not be published.


*