बागमती प्रदेशका ११ स्थानीय तहद्वारा तलवी प्रतिवेदन पास नगरी तलब भुक्तानी

नवराज शिवाकोटी,
चरिकोटः
बागमती प्रदेशका ११ स्थानीयतहरुले गत आर्थिक वर्षमा राष्ट्रिय कितावखाना( शिक्षक) बाट तलवी प्रतिवेदन पास नगराई शिक्षकहरुलाई तलब भुक्तानी दिएका छन् । तलवी प्रतिवेदन नगराई तलब भुक्तानी दिने देशका कुल १६९ स्थानीयतहहरु मध्ये बागमती प्रदेशका ११ स्थानीयहरुले समेत तलवी प्रतिवेदन स्वीकृत गराई तलब भुक्तानी दिएका हुन् ।
शिक्षकहरुको वार्षिक तलवी प्रतिवेदन राष्ट्रिय कितावखाना( शिक्षक) बाट पारित गरी खुवाउनु पर्ने कानुनी ब्यवस्था रहेकोमा देशका १६९ स्थानीय तहहरुले सो कार्य नगरी तलब भत्ता भुक्तानी दिएको राष्ट्रिय कितावखाना( शिक्षक) का उपनिर्देशक रामराज खकुरेलले जानकारी दिनुभयो । वार्षिक तलवी प्रतिवेदन पारित नगरी तलभ भत्ता वितरण गर्ने स्थानीयतहरुको नामावली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाइ त्यसको बोधार्थ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महालेखा परीक्षकको कार्यालय लाई समेत पठाइएको उहाँको भनाई रहेको छ । प्रतिवेदन पारित नगराई तलब भक्ता खुवाउने स्थानीयतहहरु मध्ये बागमती प्रदेशका ११ रहेका छन् । किताब खानाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्र अनुसार बागमती प्रदेशका दुई नगरपालिका र नौ गाउँपालिकाहरु रहेका छन् । नगरपालिकहरुमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालिका र मेलम्ची नगरपालिका रहेका छन् । यस्तै गाउँपालिकाहरुमा रामेछापको उमाकुण्ड गाउँपालिका, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका तथा काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका र भुम्लु गाउँपालिका रहेका छन् । यसैगरी नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका तथा तारकेश्वर गाउँपालिका, धादिङ जिल्लाको गुरी गाउँपालिका तथा थाक्रे गाउँपालिका र रसुवाको पार्वती कुण्ड गाउँपालिकाले तलवी प्रतिवेदन पारित नगराई गत आर्थिक वर्षमा शिक्षकहरुलाई तलब भत्ता भुक्तानी दिएको किताव खानाको भनाई रहेको छ ।
वर्तमान शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने भन्ने उल्लेख छ । सो अनुसार प्रत्येक स्थानीयतहहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना
(शिक्षक) बाट पारित गराएर मात्र तलव भत्ता भुक्तानी गर्नु पर्ने कानुनी दायित्व रहेको छ ।

Shares

Be the first to comment on "बागमती प्रदेशका ११ स्थानीय तहद्वारा तलवी प्रतिवेदन पास नगरी तलब भुक्तानी"

Leave a comment

Your email address will not be published.


*