बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकामा साना किसान बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रधान मन्त्री कृषि आधुनिक बाख्रा पकेट कार्यक्रमकोलागि गत दुई आर्थिक वर्षमा अनुदान नलिएका गाउँपालिका भित्रका कृषक समूह, कृषि सहकारी, जल, वन उपभोक्ता समूहहरु तथा कृषि फमहरुलाई आवेदन दिन सूचना प्रकाशित गरिएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । आवेदन गाउँपालिकाको पशुपन्छि तथा मत्स्य विकास शाखामा दिन सकिने उहाँको भनाई रहेको छ । बाख्रा पकेट क्षेत्र कार्यक्रमबाट स्वरोजगारीको सिर्जना भई स्थानीयहरुको आय आर्जनमा बृद्धि हुने गाउँपालिकाको आशा रहेको छ ।

Shares

Be the first to comment on "बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने"

Leave a comment

Your email address will not be published.


*