बाँदर आतंकले आर्जित मेलुङवासी प्रदर्शनमा उत्रदै

चरिकोट(दीस)ः बाँदर आतंकले आर्जित भएपछि मेलुङ गाउँपालिका वडा नम्बर सात का स्थानीयहरु विरोध प्रदर्शनमा उत्रने भएका छन् । जेठ ३० गते उनीहरुले सदरमुकाम चरिकोटमा प्रदर्शन गर्ने भएका हुन् ।
गाउँघरमा बाँदर आतंकले कृषिबाली समाप्त पार्दै गएको तथा मानवमााथि समेत आक्रमण गरी असुरक्षित बनाएकोले बाँदर आतंक नियन्त्रण गर्न सरकारको ध्यान आकर्षित गर्न वडा नम्बर सातका स्थानीयहरुले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गर्न लागेको मेलुङ गाउँपालिका वडा नम्बर सातका वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । वन्यजन्तु नियन्त्रणमा सरकारले प्रष्ट नीति तथा त्यसको प्रभावकारी कार्यन्वयन गर्नु पर्ने स्थानीयहरुको माग रहेको छ ।

Shares

Be the first to comment on "बाँदर आतंकले आर्जित मेलुङवासी प्रदर्शनमा उत्रदै"

Leave a comment

Your email address will not be published.


*