बाँदरको टोकाइबाट घाइते भएका बालकको काठमाडौं टेकु अस्पतालमा उपचार हुँदै

दोलखा । बाँदरको टोकाइबाट दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ का १३ वर्षिय प्रमोद मुङग्राती गम्भीर घाइते भएका छन्। बुधबार दिउसो आफ्नो मकै बारिमा बाली खान आएको बाँदर धपाउने क्रममा बालकलाई टोकेको वडा नं ४ का वडा अध्यक्ष तारानाथ चौलागाईले जानकारी दिनुभयो । बाँदरले टोकेर घाइते भएका बालकलाई हिजो पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचार गरेर हिजोनै काठमाडौं टेकु अस्पताल मा रिफर गरिएको थियो । अहिले बालको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको वडा अध्यक्ष चौलागाइँले बताउनुभयो।

Shares

Be the first to comment on "बाँदरको टोकाइबाट घाइते भएका बालकको काठमाडौं टेकु अस्पतालमा उपचार हुँदै"

Leave a comment

Your email address will not be published.


*