७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

२३ वैशाख, काठमाडौं । नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Shares

Be the first to comment on "७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो"

Leave a comment

Your email address will not be published.


*