बस दुर्घटना हुँदा दोलखाका २ यात्रीको मृत्यु- घाइतेको नामावली सहित

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ खण्डमा दोलखाका यात्रु बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धादिङको बेनिघाट—३ सलाङघाटस्थित सफल होटल नजिकै भएको दुर्घटनामा २ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोलाखाको कालिन्चोक गाउँपालिका ७ निवासी वर्ष ७१ वर्षीय पार्वती बुढाथोकी र भिमेश्वर नगरपालिका स्थित चरिकोट बस्दै आएका अन्दाजी २८ वर्षीय हरिवंश केसी रहेको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक नवराज ढुंगेलका अनुसार दोलखादेखि आइतबार बिहान तिर्थयात्री बोकेर गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खाल्डोमा खसेको थियो ।
दुर्घटनामा घाईतेहरु मध्य सामान्य घाइते १७ जनलाई काठ्माण्डौस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ । प्रहरीका अनुसार दोलखाको गौरीशंकर गाउँपालिकाकी २६ वर्षिया सुस्मिता खत्री ,कालिञ्चोक गाउँपालिकाका ३७ वर्षिया यज्ञ बहादुर कार्की र कागेश्वरी मनहरा नगरपालिका निबासी तेज बहादुर बुढाथोकीको भने अवस्था गम्भिर रहेको छ । अन्य सामान्य घाइतेहरुको भने मलेखुस्थित सामुदायिक अस्पताल र गजुरीस्थित अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसका चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक ढुंगेलले जानकारी दिएका छन् ।

घाइतेहरु
दोलखा कालिन्चोक ७ बस्ने

बर्ष २५ को नमराज थापा छातिमा चोट मध्यम ।
बर्ष ३७ को यज्ञ बहादुर कार्कि अबस्था गम्भिर ।
बर्ष २२ कि सन्ध्या बुढाथोकि सामान्य ।
बर्ष ३४ कि रेनु बुढाथोकि सामान्य ।
रेनु बुढाथोकि छोरा १५ महिनाको राज कुमार बुढाथोकि टाउकोमा चोट अबस्था मध्यम ।
मिरा दुलाल सामान्य ।
बर्ष ३१ को प्रदिप खुलाल ढाडमा चोट मधयम ।
बर्ष ७२ कि बिष्णु लक्ष्मि खुलाल छातिमा चोट अबस्था मध्यम ।
बर्ष २३ कि गिता खूलाल छातिमा चोट अबस्था मध्यम ।
बर्ष २२ को संञ्जय बुढाथोकि टाउको चोट अबस्था मध्यम ।
बर्ष ३७ को शिब कार्कि सामान्य ।
गौरिशंकर गा।पा। २ बस्ने बर्ष २२ कि कमला कार्की सामान्य ।
कालिन्चोक ७ बस्ने बर्ष २६ को पदम खुलाल सामान्य ।
दोलखा गौरीशकर गा।पा। बस्ने बर्ष २६ कि सुस्मिता खत्री गम्भिर
। दोलखा गौरीशकर गा।पा। १ बस्ने बर्ष २१ को दिनेश के।सी । सामान्य

Shares

Be the first to comment on "बस दुर्घटना हुँदा दोलखाका २ यात्रीको मृत्यु- घाइतेको नामावली सहित"

Leave a comment

Your email address will not be published.


*