बस दुर्घटनामा परेका मृतकका परिवारको घरमा पुगी मेयर मानन्धरद्वारा आर्थिक सहयोग

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर एक क्षमावती बाट जन्तिलिएर त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर पाँच पिस्कर जाने क्रममा धारावतीमा बस दुर्घटना हुँदा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहयोग गरिएको छ । मृतकका परिवारलाई भीमेश्वर नगरपालिकाले मंगलवार आर्थिक सहयोग गरेको हो ।
मृतकका परिवारलाई भेटेर नगरप्रमुख ईश्वर नारायण मानन्धरले प्रति परिवार १५ हजार रुपैयाँ नगरको तर्फबाट हस्तान्तरण गर्नु भएको भीमेश्वर नगरपालिकाका वडा नम्बर एकका वडाध्यक्ष माधव थामीले जानकारी दिनुभयो । जन्ति लिएर गएको बस बैशाख २ गते दुर्घटना भएको थियो । दुर्घटनामा परी भीमेश्वर नगरपालिका वडा नम्बर एक पहरेका मान बहादुर थामी, सोही वडाको माने निवासी शिव श्रेष्ठ र डाँडाथोक निवासी देपेन्द्र थामीको घटनास्थलमैं मृत्यु भएको थियो ।

Shares

Be the first to comment on "बस दुर्घटनामा परेका मृतकका परिवारको घरमा पुगी मेयर मानन्धरद्वारा आर्थिक सहयोग"

Leave a comment

Your email address will not be published.


*