बस्नेत भदौ महिनाको उत्कृष्ट प्रहरी

दीक्षण समाचार
चरिकोट, असोज १०  
इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत दोलखामा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । भदौ महिनामा प्रहरी निरीक्षक बस्नेतद्वारा सम्पादन भएका कामको उच्च मल्याङ्कन गर्दै उहाँलाई उत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
भदौमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न र प्रकोप व्यवस्थापनमा उहाँको सक्रियताले योगदानले सफलता प्राप्त भएको थियो । त्यसैगरी प्रहरी कर्मचारी, सेवाग्राहीको पीरमर्का गुनासोहरू तत्काल सम्बोधन गर्ने र मातहतका प्रहरी कर्मचारीहरूलाई स्पष्ट नीति निर्देशन दिई कार्यालय व्यवस्थापन तथा प्रहरी कर्मचारीको मनोबल उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा प्र.नि. बस्नेतलाई उत्कृष्ट घोषित गरिएको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो । यसले अरु प्रहरी कर्मचारी समेतलाई उत्कृष्ट कार्य गर्न प्रोत्साहन पुग्ने उहाँले सुनाउनु भयो ।

Shares

Be the first to comment on "बस्नेत भदौ महिनाको उत्कृष्ट प्रहरी"

Leave a comment

Your email address will not be published.


*