बम विस्फोट घटनामा पूर्वमन्त्री आलम पक्राउ

असोज २६, २०७६ रौतहट: रौतहट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अफताब आलमलाइ रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित सांसद आलमलाइ गौर नजिक इद्रीस गेटबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा डिएसपी नबिन कार्कीले जानकारी दिएका छन। ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनी माथि किटानी परेको थियो। आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ। आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी कार्कीले बताए। उनी पुर्व यातायात मन्त्री पनि हुन्।पहिलो संविधानसभा चुनाव अघि २०६४ सालमै २१ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको आरोप लागे पनि सांसद आलममाथि मुद्दा चलाउन प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्न निर्देशन दिँदै मिसिल प्रहरीलाई फिर्ता पठाएको थियो। सरकारी वकिलको कार्यालयले थप अनुसन्धानका लागि निर्देशन दिए पनि राजनीतिक पहुँचका कारण उनले प्रहरीलाई आफूविरुद्ध अनुसन्धान अगाडि बढाउन दिएनन्। पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा बम बनाउँदै गर्दा पड्किएर २१ जनाको मत्यु भएको थियो।
मृत्यु भएका भनिएका मध्ये दुईजना नेपाली र बाँकी १९ जना भारतीय थिए। आलमको निर्देशनमा घाइते भएकालाई इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको आरोप उनीमाथि लाग्दै आएको छ। मुद्दा कमजोर बनाएपछि र थप अनुसन्धान अगाडि नबढेपछि मृतकका परिवारले २०६५ र २०६९ सालमा अनुसन्धान आदेशको माग सर्वोच्च अदालदतमा रिट दायर गरेका थिए। दुवैपटक सर्वोच्चले घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिए पनि अघि बढ्न नसेकपछि फेरि मृतकका आफन्तले अदालतको अवहेलना भएको भन्दै रौतहट जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध केही महिनाअअघि मुद्दा अवहेलना मुद्दा दायर गरेका थिए। अवहेलना मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चले २०७६ असार ६ गते अहिलेसम्म अनुसन्धानमा भएको प्रगति ३० दिनभित्र जानकारी गराउन र घटनाको थप अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो। सर्वोच्चले आदेश दिए पनि बहालवाला सांसद उच्च राजनीतिक पहुँचका कारण आलमलाई पक्राउ गर्न प्रहरीले आँट गर्न सकेको थिएन। तर बलात्कार अभियोगमा सभामुख कृष्णबहादुर महरालाई नै पक्राउ गरेर मनोबल उच्च बनाएको प्रहरीले आलमलाई आइतबार बिहान रौतहटबाट नियन्त्रणमा लिएको हो। पटक पटक मन्त्री बनेका आलम रौतहट–२ बाट २०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा सांसदमा निर्वाचत भएका थिए। २०७० सालको संविधानसभाको निर्वाचनमा पराजित भए पनि उनी २०७४ सालको चुनावमा प्रतिनिसभा सदस्यमा निर्वाचित भएका थिए।काका शेख इद्रिशको आडमा राजनीतिमा जमेका आलम रौटहट कांग्रेसको कार्यबाहक सभापति हुँदै दुईपटक जिल्ला सभापति र एक पटक केन्द्रीय सदस्य भएका छन्। घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेकलगायतले अनुसन्धानसमेत गरेका थिए।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए dexaindaily@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

Shares

Be the first to comment on "बम विस्फोट घटनामा पूर्वमन्त्री आलम पक्राउ"

Leave a comment

Your email address will not be published.


*