बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु

चरिकोट(दीस)ः तामाकोशी गाउँपलिकाका एक युवकको भरुवा बन्दुकले लागी मृत्यु भएको छ । शनिवार राति आफैले बोकेको भरुवा बन्दुक पड्कीइ उनको मृत्यु भएको हो ।
तामाकासी गाउँपालिका वडा नम्बर दुईको डाँडाबारी जम्बोटे बनमा शिकार लेल्न जाने क्रममा अफैले बोकेको बन्दुकबाट अटोमेटिक फायर हुँदा सञ्जिव सार्कीको देब्रे छातिमा छर्रा लागेको तथा उपचारका लागि सदरमुकाममा रहेको पशुपति चौँलागाई स्मृति अस्पतालमा ल्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले इमेल मार्फत जानकारी दिएको छ । उनीसँगै सिकार खेल्न गएका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा कृष्ण नेपाली, रचेस मुग्राती, सुमन तोलांगी, माधव पोख्रेल, सञ्जिव पोख्रेल तथा झुलेका अविदित कार्की रहेका छन् ।

Shares

Be the first to comment on "बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*