बढ्यो गाडी भाडा

काठमाडौं । असार एक गतेबाट सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । यातायात व्यवस्था विभागमा हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक यातायातमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढ्ने विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । “असार एकबाट देशभरका सबै सार्वजनिक यातायातमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने विभागले निर्णय गरेको छ,” खनालले भने, “मिटरमा चल्ने ट्याक्सीका हकमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको छ ।” विभागमा हालै बसेको ट्राफिक प्रहरी, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफलले यस्तो निर्णय गरेको विभागले जनाएको छ । यस अघि सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीले माग गरेपछि विभागले ०७५ असोज ७ गते लामो दुरीको सार्वजनिक यातायातको १० प्रतिशत भाडा बढाएको थियो । विभागले असार १ बाट सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर लागु गर्ने निर्णयका साथ सार्वजनिक याताायतमा १२ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय हो । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किमिसम्मको भाडा १६ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ४ किमिसम्मको १४ रुपैयाँ थियो । पहाडी जिल्लामा भने योभन्दा बढी भाडा यात्रुले तिर्दै आएका थिए । असार एकबाट लागु हुने वैज्ञानिक भाडादर नेपालका सबै क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा लागु हुने निर्देशक खनालले बताए । “सार्वजनिक सवारी साधनले खपत गर्ने इन्धन, पाट्र्सपूर्जाको मूल्यवृद्धि, चालक र कामदारको पारिश्रमिक सबैलाई समेटेर वैज्ञानिक भाडादर लागु गरिने भएको हो,” निर्देशक खनालले भने ।

Shares

Be the first to comment on "बढ्यो गाडी भाडा"

Leave a comment

Your email address will not be published.


*