पुर (बझाङ) १७ वैशाखः बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिनुभएको छ । जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हाे । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । —
बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि
Posted By: दीक्षण दैनिक १७ बैशाख २०८१, सोमबार १४:३०
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार ०८:४२
समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार ०८:५८
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
५ आश्विन २०८१, शनिबार १८:२९
Be the first to comment on "बझाङ उपनिर्वाचन अपडेटः एमालेका भण्डारी नौ मतले अगाडि"