बजेट बनाउदा उत्पादनका क्षेत्रमा लगानी गर्न माग

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाको अगामी आर्थिक बर्षको बजेट उत्पादनका क्षेत्रमा लगानी गर्न सरोकारवालाले सुझाब दिएका छन् । मंगलबार जनप्रतिनिधिको प्रथम बर्ष समीक्षा तथा अन्त्तरक्रिया कार्यक्रममा सरोकारवालहरुले यस्तो सुझाब दिएका हुन ।सरोकारवालाहरुले भीमेश्वर नगरपालिका पर्यटकिय नगरी भएकाले त्यसमा बजेट विनियोजन गर्न ,कृषिमा लगानी गरी उत्पादनमा बढाउन सुझाब दिएका छन् । त्यसैगरी रणनीतिक महत्वको क्षेत्रमा बजेट हाल्न र साना टुक्रे योजनालाई निरुत्साहित गर्न आग्रह गरिएको थियो । सातदोबाटोमा रहेको कप्लेक्सलाई छिटो भाडामा लगाएर नगरपालिकाको आम्दानी बढाउन सुझाब दिइएको थियो । पशुपति चौलागाई स्मृति अस्पतालमा विगतमा निशुल्क उपचार हुने तर अहिले शुल्क लिने गरेकाले गरिबले उपचार गर्न बाट बञ्चित हुनु परेकोले नगरपालिकाले समन्वय गरेरसुलभ तरिकाले उपचार गर्ने बातारण बनाउनु पर्ने बताएका थिए । बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउन र तत्काल बसपार्क बनाउन सरोकारवालहरुले माग गर्नु भएको थियो । सहकारीलाई तीन खम्बे अर्धनीति अन्र्तगत बजेटमा समावेश गर्न माग गरिएको थियो । सरोकारवालाको सुझाब लिदै नगर प्रमुख ईश्वर नारायण मानन्धरले बजेटले उत्पादन तथा सम्रग क्षेत्रको विकास खाकामा जोड दिने बताउनु भयो । एक बर्षे कार्यकालमा नगरपालिकाले दीर्घकालिन महत्वको क्षेत्रमा काम भई रहेको बताउनु भयो । अर्को प्रसंगमा बाहिर हल्ला गरे जस्तो नगरपालिका भित्र कुनै पनि गुटबन्दी नरहेको सबै मिलेर काम भएको बताउनु भयो । बजारमा बसेर नगरको विकास भएन भन्नेहरुलाई नगर भित्रको ग्रामिण क्षेत्रमा भएको विकास अवलोकन गर्न उहाँले सुझाब दिनु भयो । नगरको विकासमा पालिकाले सक्ने गरी बजेट माग गर्न आउनेलाई नगरले सधै सहयोग गर्ने उहाँले बताउनु भयो । नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले सरोकारवालासँग छलफल गरेर बजेट बनाउने बताउनु भयो । टोलबस्तीमा गएर सुझाब लिने र सोही अधारमा बजेट बनाउने उहाँँले बताउनु भएकोछ । बजेट माग्न आउँदा टुक्रा योजना नल्याउन पनि उहाँले आग्र्रह गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाले जनप्रतिनिधीसँग मिलेर बजेटलाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । आफनो कार्यकालमा कर्मचारीले गर्ने सम्पादन बिधीमा रहेर गर्ने त्यसको नेतृत्व आफुले गर्ने बताउनु भयो । कार्यलयमा आएका कागजपत्र पुगेको कामलाई आफुले जति सक्दो छिटो गर्ने वातावरण बनाउने बताउनु भयो। कार्यक्रममा सरोकावालहरु ,जनप्रतिनिधी, कर्मचारी तथा संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "बजेट बनाउदा उत्पादनका क्षेत्रमा लगानी गर्न माग"

Leave a comment

Your email address will not be published.


*