बक्तृत्वकलाआयोजना गरिँदै

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले १सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सो प्रतियोगिताको आयोजना गर्ने भएको हो । अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा गाउँपालिकाले शुक्रबार “महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको बैतेश्वर गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख ऋषिराम ज्ञावलीले जानकारी दिनुभयो । प्रतियोगितामा वैतेश्वर गाउँपालिका भित्रका महिलाहरु सहभागी हुन सक्ने उहाँको भनाई रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ६सय ६७, द्वितीय हुनेलाई ५ हजार ३ सय ३४ , तृतीय हुनेलाई ४ हजार तथा सान्त्वनालाई १ हजार ३ सय ३४ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बैतेश्वर गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "बक्तृत्वकलाआयोजना गरिँदै"

Leave a comment

Your email address will not be published.


*