फ्रेण्डसिपको १२ केन्द्र चरिकोटमा

चरिकोट (दीस) –दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भिमेश्वर नगरपालिकाको चरीकोटमा १२ औं सेवा केन्द्र विस्तार गरेको छ ।एकीकृत फ्रेण्डसिप साकोसले भिमेश्वर नगरपालिका वडा नम्बर ६ चरीकोटमा स्थापना गरेको सेवा केन्द्रको शनिबार प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(प्रोफ्स्कुन) बागमतीका अध्यक्ष उद्दब सापकोटाले उद्धघाटन गरेका छन् । केन्द्रले आइतबार नै आफ्नो सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको सेवा केन्द्र उद्धघाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संस्थाको समग्र आर्थिक कारोबार र संस्थाबाट शेयर सदस्यहरुले पाउने सेवा तथा सुविधाको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(प्रोफ्स्कुन) बागमतीका अध्यक्ष उद्दब सापकोटा, नेफ्स्कूनका संचालक सदस्य एंव (प्रोफ्स्कुन) बागमतीका महासचिव जिवसराज खड्का, प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को संचालक चक्र बस्नेत, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष जगत सुवेदी, पत्रकार महासंघ दोलखाको अध्यक्ष दिपशंकर चौलागाई लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चरीकोट सेवाकेन्द्र उद्धघाटनकै दिन संस्थामा ६२ लाख ७३ हजार ५०० रुपैयाँ बचत संकलन गर्न सफल भएको चरीकोट सेवाकेन्द्र प्रमुख प्रविण कुमार खतिवडाले जानकारी दिए । फ्रेण्डसिप साकोसको १२ वटा सेवा केन्द्र पुगेको छ ।

Shares

Be the first to comment on "फ्रेण्डसिपको १२ केन्द्र चरिकोटमा"

Leave a comment

Your email address will not be published.


*