फ्रान्सको भरोसा ग्रिजम्यान र पोग्बामाथि

एजेन्सी । फ्रान्सले अहिलेसम्म १ पटक मात्रै विश्वकप फुटबलको उपाधि उचालेको छ तर, फ्रान्स आफैँमा कमजोर टिम भने होइन । फ्रान्सले अहिलेसम्म १४ पटक विश्वकप खेलिसकेको छ भने यो रसिया विश्वकप फ्रान्सको १५ औं विश्वकप हो ।
सन् १९३० मा सुरु भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सले यो विश्कप भने समूह चरण पार गर्न सकेको थिएन । फ्रान्सको लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भनेको सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले विश्वकपको उपाधि उचाल्दै ऐतिहासिक सफलता पाएको थियो ।

त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलअन्तरले पराजित गर्दै विश्वकपको उपाधि उचालेको थियो । फ्रान्स त्योसहित गरेर २ पटक फाइनलमा पुगेको छ । सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रो पटक उचाल्ने फ्रान्सको सपना इटालीले चकनाचुर बनाएको थियो । त्यसबेला विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।

फ्रान्स सन् १९५८ र १९८६ मा दुई पटक विश्वकपको तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो । २० वर्षपछि विश्वकप उचाल्ने सपना देखेको फ्रान्स निकै लयमा देखिएको छ । फ्रान्सका सबै खेलाडी उतिकै दमदार क्षमता भएका छन् । तर, अघिल्लो चरणमा पुग्नका लागि फ्रान्सको बढि भरोसा एन्टोइनी ग्रिजम्यान र पाउल पोग्बा माथि छ ।

एन्टोइनी ग्रिजम्यान

एन्टोइनी ग्रिजम्यान चर्चित खेलाडी हुन् । उनी आफ्नो टिमलाई जुनसुकै बेला पनि जित दिलाउन सक्ने क्षमता राख्छन् ।

फ्रान्सेली स्ट्राइकर ग्रिजम्यानले फ्रान्सलाई धेरै खेलहरूमा जित दिलाएका छन् । त्यसकारण रसिया विश्वकपमा पनि उनीमाथि फ्रान्सको निकै भरोसा रहेको छ । ग्रिजम्यानले सन् २०१४ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् । उनले नेदरल्याण्ड्सविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका ग्रिजम्यानले अहिलेसम्म सिरियर टिमबाट ५४ खेल खेल्दै २० गोल गरिसकेका छन् । सन् २०१४ को विश्वकप खेल्ने अवसर पाएपनि उनले गोल गर्न भने सकेनन् । तर, २०१८ को विश्वकप

छनोटमा भने उनले ४ गोल गरेका थिए । फ्रान्स विश्वकपमा प्रवेश गर्नु उनको पनि महत्वपूर्ण योगदान छ । २७ वर्षीय ग्रिजम्यानले सन् २०१६ मा आफ्नै भूमिमा भएको युरोकप फुटबलमा सर्वाधिक गोल गरेका थिए ।

पाउल पोग्बा

पाउल पोग्बा त्यस्ता मिडफिल्डर खेलाडी हुन्, जसले फ्रान्सलाई जिततर्फ लान सक्छन् । २५ वर्षीय पोग्बाले सन् २०१४ को विश्वकप खेल्ने अवसर पाएका थिए । तर, फ्रान्स क्वाटरफाइनलभन्दा माथि पुग्न सकेन । प्रिक्वाटरफाइनलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गर्दा पोग्बाको पनि एक गोल सामेल थियो ।

सन् २०१३ देखि सिनियर टिमबाट खेल्न थालेका पोग्बाले फ्रान्सलाई विश्वकपमा छनोट गराउदा २ गोल गरेका थिए । उनले अहिलेसम्म सिनियर टिमबाट ५४ खेल खेल्दै ९ गोल गरेका छन् ।  २०१६ देखि म्यान्चेस्टर युनाइटेडमा आबद्ध पोग्बाले युनाइटेडका लागि ११ गोल गरिसकेका छन् । सटिक पास दिदै बललाई विपक्षीको पोष्टको जाली चुमाउन निकै माहिर पोग्बामाथि फ्रान्सको ठूलो विश्वास छ ।

विश्वकपका लागि फ्रान्सेली टिम

गोलरक्षकः ह्युगो लोरिस, स्टेभन मानडेन्डा, आल्फोन्से आरेओला
डिफेन्डरः लुकाज हेर्नान्डेज, प्रेस्नेल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पाभार्ड, आदिल रामी, जिब्रिल सिडिबे, स्यामुएल उम्तिती, राफाएल भरने रहेका
मिडफिल्डरः न्यूगोलो कान्टे, ब्लाइसे मातुइडी, स्टेभन न्युजोन्जी, पाउल पोग्बा, कोरेन्टिन टोलिसो
फरवार्डः औसमाने डम्बेले, नबिल फेकिर, ओलिभियर गिराउड, एन्टोइनी ग्रिज्म्यान, थोमस लेमार, किलियन बाप्पे, फ्लोरियन थाउभिन

Shares

Be the first to comment on "फ्रान्सको भरोसा ग्रिजम्यान र पोग्बामाथि"

Leave a comment

Your email address will not be published.


*