फेरी पनि हा¥यो नेपाल

चरिकोट (दीस) ः नेपाल आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग एक विकेटले पराजित भएपछि नेपालको निरन्तर हारको यात्रा कायम रहेको छ। विहिबार क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो । ओमानको जीतमा जतिन्दर सिंहले ४१ रन, कश्यप प्रजापतीले ३६ रन र कप्तान अकिब इल्यमसले २९ रन बनाउनु भएको थियो । नेपालका लागि गुलसन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए पनि नेपालले हार भर्ने टार्न सकेन । नेपालका करण केसी, आरिफ शेख, र सन्दीप लामिछानेले समान १–१ विकेट लिनु भएको थियो । यसअघि, ओमानले टस जित्दै नेपाललाई व्याटीङ गर्न .निम्तो दिएको थियो । पहिले व्याटीङ गर्दै नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो, जसमा कप्तान रोहित पौडेलले ६० रन र गुलसन झाले ५३ रनको अर्धशतकीय खेल खेल्नु भएको थियो ।नेपाल हारसँगै लिगको अंक तालिकामा ७ औँ स्थानमा रहेको छ । लिगमा नेपालले हालसम्म ६ खेल खेल्दा पाँच खेलमा हार बेहोरेकोछ भने एक खेलमा जित हासिल गरेको छ ।

Shares

Be the first to comment on "फेरी पनि हा¥यो नेपाल"

Leave a comment

Your email address will not be published.


*