फुलपाका ६४ घर पुनर्निर्माण हुन सकेन

चरिकोट– भुकम्प गएको ३ बर्ष वितिसक्दा पनि दोलखाको फुलपाका ६४ घर पुनर्निर्माण हुन सकेका छैन्न् । आफ्नो नाममा लालपुर्जा नभएका कारण ६४ परिवारले घर पुनर्निर्माण गर्न नसकेका हुन् ।
फुलपा बासीले आफ्नो नाममा लालपुर्जा नभएकै कारण भुकम्प पिडितले पाउने सेवा सुविधा बाट बञ्चित भएको गुनासो गरेका थिए । भूकम्प प्रभावित समुदायका प्रतिमा योगी, मोहन योगी, अनुप थामी, लालकृष्ण थामीले राज्यले सुकुम्बासीका लागि कस्तो निर्णय गर्छ, हामिले किन सरकारी अनुदान पाएनौ, हामि कहिले सम्म चिसो कटेरोमा बस्ने लगाएतका प्रश्न गरे ।

दोलखा स्थित भीमेश्वर नगरपालिका वडा नम्बर २ का जग्गाविहिन सिमान्तकृत समुदायका लागि निजी अवास निर्माण गर्न जग्गा उपलब्ध गराउने कार्यमा जिल्ला स्थित सरोकारवाला निकायहरुले पहल गर्ने भएका छन् ।
मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले बिपद् जोखिम व्यवस्थापन र पुर्ननिर्माण सम्वन्धि विभिन्न सवालहरुमा छलफल गर्न मंगलबार दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको साझा सभा कार्यक्रममा सराकोरवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन ।
साझा सभा कार्यक्रममा भीमेश्वर नगरपालिका २ स्थित फुलपाका आफ्नो जग्गा नहुने (सुकुम्बासी) सिमान्तकृत भूकम्प प्रभावित ६४ घर परिवारका लागि लागि जग्गा खरिद र निजी आवास निर्माणका लागि अनुदान उपलब्ध हुन नसकेको बिषयले महत्व पाएको थियो ।
्जिल्ला समन्वय समिति दोलखाका उप प्रमुख मनमाया जिरेलको अध्यक्षतामा भएको सभामा नापि कार्यालय दोलखाका प्रमुख रामकुमार बस्नेत, मालपोत कार्यालय दोलखाका प्रमुख मालपोत अधिकृत गोविन्द अधिकारी, भीमेश्वर नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत नारायण सेडाई, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखका अधिकृत रिता लम्सालले जग्गा विहित समुदायका लागि जग्गा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयो गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले भूकम्प प्रभावित समुदायका लागि सुरक्षित आवासको अधिकारलाई सुनिश्चित गर्नका लागि हुराडेक नेपालले निरन्तर पहल गर्ने बताए ।
साझा सभामा गैर सरकारी संस्था महांसघ दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले भुमीहिन भुकम्प पिडीत स्थानीयले जग्गा खरीदका लागि दुई लाख रुपैया अनुदान तत्काल पाउनु पर्ने बताए । सो अवसरमा उनले गैससहरु रााज्यका सहयोगी निकाय भएकाले भुकम्प प्रभावितहरुको अधिकार प्राप्तिका लागि लडीरहेन प्रतिवद्धता जनाए ।
कार्यक्रममा जग्गा विहिन घरपरिवारलाई भुकम्प पीडित बसोवास योग्य जग्गा उपलब्ध गराउँनका लागि हाल सम्म हुराडेक नेपाल दोलखाले गरेको विभिन्न गतिविधिका बारेमा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दर लामिछानेले कार्यपत्र जानकारी गराएका थिए ।
सभामा हुराडेक नेपालका परियोजना संयोजक शेरबहादुर भुजेलले कार्यक्रमको निष्कर्षबारे जानकारी गराउदै जग्गा विहिनहरुको समस्या समाधानका लागि सबै सरोकारवालाले छलफललाई निरन्तरता दिने र जिल्लामा समाधान हुन नसक्ने सवाललाई केन्द्रिय स्तरमा पैरवी र पहल गर्ने बताए ।

Shares

Be the first to comment on "फुलपाका ६४ घर पुनर्निर्माण हुन सकेन"

Leave a comment

Your email address will not be published.


*