फुट्यो एमाले, दल दर्ताको निवेदन लिएर नेता नेपाल समूह आयोगमा

काठमाडौं । नेकपा एमाले फुटेको छ । एमाले फुटेर नयाँ पार्टी नेकपा एमाले (समाजवादी) राख्ने निर्णयसहित माधवकुमार नेपालसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

उनीहरुले दल दर्ताको निवेदन दिनेछन् ।

यसअघि माधवकुमार नेपाल सहितका नेताहरुको बैठक नयाँ बानेश्वरको अर्याल होटलमा बसेको थियो । सो बैठकमा पार्टीको नाम एमाले समाजवादी राख्ने र चुनाव चिह्न खुला किताब राख्ने निर्णय भएको थियो ।

Shares

Be the first to comment on "फुट्यो एमाले, दल दर्ताको निवेदन लिएर नेता नेपाल समूह आयोगमा"

Leave a comment

Your email address will not be published.


*