फुटसल प्रतियोगिताको उपाधि क्षितिज युवा क्लबलाई

चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेको प्रथम शुभ दशै कप फुटसल प्रतियोगिताको उपाधि क्षितिज युवा क्लबले हात पारेको छ। भीमेश्वर नगरपालिका वडा नम्बर -३ चरिकोट चरिघ्याङ स्थित रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले आयोजना गरेको प्रतियोगितामा क्षितिज युवा क्लब विजेता हुनुका साथै इको टिपार्क मकैबारी उपविजेता भएका हुन । बिजेतालाई सिल्ड,मेडल, प्रमाणपत्रका साथै नगद २५ हजार प्रदान गरिएको र उपविजेतालाई सिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद १० हजार प्रदान गरिएको फुटसलका अध्यक्ष राजु तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विजेता र उपविजेतालाई भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले पुरस्कार प्रदान गर्नुभएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि मेयर केसीले खेलकुदले युवाहरूलाई मिहेनती र कर्मठ बनाउने भएकाले युवाहरुलाई खेल क्षेत्रमा सहभागी गराउन बेलाबेलामा प्रतियोगिताहरु सञ्चालनमा ल्याउनु राम्रो भएको बताउनुभयो । खेलकुदको बिकासमा टेवा पुर्‍याउन नगरपालिकामा समेत सुविधा सम्पन्न कवर्ड हल बन्दै गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले समेत आगामी दिनमा इनडोर खेललाई प्राेत्साहन गर्न प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा इको टिपार्कका खेलाडी रसिन भुजेल उत्कृष्ट खेलाडी र क्षितिज युवा क्लबका पुरोसोतम बुढाथोकी उत्कृष्ट गोल रक्षकको रुपमा सम्मानित भएको आयोजकले जनाएको छ। आईतवारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टिमले सहभागिता जनाएको थियो।


Shares

Be the first to comment on "फुटसल प्रतियोगिताको उपाधि क्षितिज युवा क्लबलाई"

Leave a comment

Your email address will not be published.


*