फिल्म शैलीमा साथीको हत्या

चरिकोट (दीस) – दोलखाको सदरमुकाम चरिकोटमा “स्पीकर” निहँुमा आफ्नै साथीको हत्या भएको छ । “स्पीकर” विवादले उग्ररुप लिएपछि तीनजना साथी मिलेर भीमेश्वर नगरपालिका–३, ठूलीडाँडा जलपादेवी मन्दिरनजिकैका १६ वर्षीय साहिल तामाङको हत्या गरिएको खुलेको छ । तामाङको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले २० वर्षका पुस्कर थामीसहित ११ र १३ वर्षका दुई बालकलाई पक्राउ गरेको छ । चारैजना सँगै हिँड्ने, खाने र मिल्ने साथी रहेको थिए । उनीहरु विच विवाद भए पछि तीन जना मिलेर एक जनाकाे  हत्या गरिएको अनुशन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनु भयो । “थामीले अन्य दुई साथीसँग मिलेर तामाङको २ हजार ५ सय रुपैयाँ पर्ने ‘स्पिकर’का लागि हत्या देखिन्छ” पौडेलले भन्नु भयो । उनीहरु चार जना फागुन ७ गते सिकार गर्न जंगलमा गएका थिए । उनीहरु चारजनाले चरा मारेरसँगै सिकार गरेका थिए । सिकारपछि तमाङलाई स्पीकर फिर्ता गर्न थामीले अनुरोध गर्दा उनले फिर्ता गर्न नमानेपछि थामीको योजनामा तामाङकाे हत्या भएको प्रहरीले बताएको छ । थामीले तामाङको पछाडीबाट टाउकोमा लठ्ठीले हानेर हत्या गरेको बयान दिएका छन् । हत्या पछि २ वालकले मेडिकल टेप लगाएर तामाङ शबलाई खाल्डोमा पुरेका थिए । उनीहरुले खाल्डो खन्दा विचमा ढुङगा भेटिएकोले आधा मात्र पुरिने गरि शब गाडेका थिए । शुक्रबार दिउँसो तामाङको शव आधा गाडिएको तथा हातखुट्टा र अनुहार छोपिने गरी मेडिकल टेपले बेरिएको अवस्थामा फेला परेको थियो । शुक्रबार स्थानीयले बाँदर लखेट्ने क्रममा आधा गाडिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुले पहिचान नभएको शव फेला परेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए ।। सामाजिक सञ्जालमार्फत पनि शव पहिचान गर्न आग्रह गरिएको थियो ।काठमाडाैमा रहेका आफन्तले मृतकको पहिचान गरेसँगै हत्याका मुख्य योजनाकार ्प्रहरीले पक्राउ गरेको थियो । थामीले आफु भारतीय एक फिल्मबाट प्रभावित भएर तामाङ हत्या गरेको बयान दिएको प्रहरीले बताएको छ । हत्या संलग्न २ बालकले समेत हत्या आफूहरुले गरेको स्वीकार गरेका छन् ।“ २ बालकको बयान हेर्दा फिल्म शैली जस्तै छ । न त उनीहरु डराएका छन् ।” प्रहरी प्रमुख पौडलले भन्नु भयो । उनीहरु चारै जनाले पैसाको लागि विगतमा चोरी समेत गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "फिल्म शैलीमा साथीको हत्या"

Leave a comment

Your email address will not be published.


*