फिट भए सलाह, पहिलो खेलमै खेल्ने

काठमाडौं । इजिप्टका प्रशिक्षक हेक्टर कुपरले फरवार्ड मोहम्मद सलाह फिट भएको र उरुग्वेविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् ।

‘उनी पहिलो खेलमै खेल्न सक्छन् भन्नेमा म लगभग विश्वस्त छु । केही अप्रत्याशित परिस्थिति आएन भने उनी उरुग्वेविरुद्ध खेल्ने छन्’ कुपरले भने, ‘सलाहले निकै राम्रो गर्ने छन् । जटिल समस्या पनि निकै छिटो गरेर ठीक भयो ।’

आफूहरुले सलाह मानसिक रुपमा पनि तयार रहुन् भन्ने वातावरण बनाइरहेको कुपरले बताए ।

सलाह रसिया जानुअघि टिमको अभ्यासमा पनि सामेल भएका थिए । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि उनी विश्वकपसम्म ठीक हुने नहुने अन्योल बढेको थियो ।

इजिप्ट विश्वकपको समूह ‘ए’ मा साउदी अरेबिया, इजिप्ट र उरुग्वेसँगै रहेको छ । सलाह र्फममा फर्किए अर्को चरणमा जाने इजिप्टको सम्भावना बलियो हुने छ ।

किभमा गत महिना भएको च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मडि्रडका डिफेन्डर रामोसले लिभरपुलका सलाहलाई ट्रयाकल गरेर लडाएका थिए । त्यसक्रममा उनको हात लक भएर चोट लागेपछि आखाभर आँशु पार्दै मैदान छाड्नु परेको थियो ।

Shares

Be the first to comment on "फिट भए सलाह, पहिलो खेलमै खेल्ने"

Leave a comment

Your email address will not be published.


*