प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक अध्यक्ष सहित ९ जना सम्मानित

राजकुमार भुजेल,दोलखा। प्रेस सेन्टर नेपाल दोलखाका ९ संस्थापक सम्मानित भएका छन् ‌। शनिबार सदरमुकाम चरिकोट स्थित हाम्रो रेडियो सभाहलमा सम्पन्न भएको प्रेम सेन्टर नेपाल दोलखाले जिल्लाको छैठौ साधारणसभाबाट ९ संस्थापक सम्मानित गरेको हो ।साधारणसभाको अवसरमा सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष लक्ष्मण खड्का,प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक सदस्यहरु शिवकुमार भुजेल, दिलबहादुर केसी, शिवजी प्रधान, तेन्जिङ शेर्पा, कुलविन्द्र फुँयाल, मोहन थापा र सन्तोषि कार्की रहेका छन्
वि.सं २०६४ साल फागुनमा ९ जना पत्रकार मिलेर दोलखामा प्रेस सेन्टर नेपाल दोलखाको स्थापना गरिएका थिए । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद गंगा कार्की विश्व, प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा (जुगल) , पूर्ब महान्यायधिबक्ता मुक्तिनारायण प्रधानले सम्मानपत्र सहित उनीहरुलाई सम्मान गर्नुभएको थियो ।

Shares

Be the first to comment on "प्रेस सेन्टर नेपाल दोलखाका संस्थापक अध्यक्ष सहित ९ जना सम्मानित"

Leave a comment

Your email address will not be published.


*