प्रेस चौतारी नेपाल दोलखाले संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण

चरीकोट, – प्रेस चौतारी नेपाल दोलखा शाखाले दोलखामा कार्यरत संचारकर्मीहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु आइतबार वितरण गरेको छ । कोरोना महामारीको समयमा रिर्पोटीङका लागि फिल्डमा खटदा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी दोलखाका पत्रकारहरुलाई माक्स सेनिटाइजर लगाएयत स्वास्थ्य सामाग्री वितरण गरेको हो । महामरीको समयमा पनि पत्रकारहरु दैनिक काममा खटिरहुन पर्ने अवस्था रहेको र कोभिड जोखिमलाई मध्यनजर गरी जिल्लामा कार्यरत विभिन्न संचार माध्यमहरुमा कार्यरत पत्रकारहरुका लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको प्रेस चौतारी दोलखाका संयोजक प्रभु जिरेलले बताए । प्रत्येक पत्रकार र संचार गृहलाई ५० प्रति मास्क सेनिटाइजर वितरण गरिएको हो । दोलखामा पछिल्लो समय तिव्र गतिमा कोरोना फैलिदै गएको संचारकर्मीहरुलाई पनि जोखिम वढदै गएको कारण स्वास्थ्य मापदण्ड पालना गर्दा केहि हद सम्म सहयोग पुग्ने हुँदा संचारर्कीहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । संचार तथा सुचना प्रविधी मन्त्रालयका संचार विज्ञ राजेन्द्र मानन्धरले ३० जना पत्रकारलाई सेनिटाइजर र मास्क तथा चरिकोटका व्यवसायी राजु केशीले केही थान मास्क र सेनिटाइजर प्रेस चौतारी दोलखालाई प्रदान गरेको थियो । प्रेस चौतारी दोलखाले विभिन्न व्यक्ति तथा संस्थाहरुको समन्वयमा पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइसरको जेखिम वढदै गएको हुँदा सके सम्म घरमानै वसेर वा पुर्ण रुपमा स्वास्थ्य मापदण्डपालना गरेर रिर्पोटिङमा निस्कनका लागि प्रेस चौतारी दोलखाले संचारकर्मी हरुलाई आग्रह गरेको छ ।

Shares

Be the first to comment on "प्रेस चौतारी नेपाल दोलखाले संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण"

Leave a comment

Your email address will not be published.


*