प्रेम सम्बन्धका कारण युवकको हत्या

चरिकोट(दीस)ः दोलखाको शैलुङमा गाउँपालिकामा भएको हत्याकाण्डको प्रेम सम्बन्धका कारण भएको खुलेको छ । सो गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीको प्रेम सम्बन्धका कारण हत्या भएको तथ्य बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सो पालिका वडा नं ५ बस्ने एक १६ बर्षिय किसोरीसँग प्रेम सम्बन्ध रहेका भण्डारी गत पुस ११ गते राति ती युवतीसँग बास बसेका थिए । भण्डारी युवतीसँग राति बास बसेको युवतीका आफन्तले भेटेपछि भण्डारीलाई युवतीका आफन्तले हत्या गरेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर नेपाली र ठुलोबुबा ईश्वर नेपाली घर फर्किएपछि युवकलाई छोरीसँगै भण्डारीलाई देखेपछि विवाद भएको र सोही विवादको क्रममा आफन्तले भण्डारीको हत्या गरेको दोलखा प्रहरीले बताएको छ । भण्डारीको हत्या अभियोगमा पक्राउ पर्नेमा शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली रहेका छन् ।

Shares

Be the first to comment on "प्रेम सम्बन्धका कारण युवकको हत्या"

Leave a comment

Your email address will not be published.


*