प्रावि तहको शिक्षकको लागि विज्ञापन खुल्ला

चरिकोट (दीस) ः शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि विज्ञापन खोलेको छ । शुक्रबार बसेको आयोगको बैठकको निर्णय अनुसार शिक्षक सेवा आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो । जसमा चार हजार ४६२ जनाले शिक्षक पदमा प्रतिस्पर्धा गर्न पाउने छन् । आयोगले खोलेको विज्ञापनमा सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३ र थोरै कर्णालीमा १७७ जनाका लागि आवेदन खुल्ला भएको छ । त्यसैगरी कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२को लागि आवेदन खुलेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमा गएर फर्म भर्न सकिने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सिङ्गल दस्तुरमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "प्रावि तहको शिक्षकको लागि विज्ञापन खुल्ला"

Leave a comment

Your email address will not be published.


*