प्राथमिक उपचार दिवसमा रक्तदान

राजकुमार भुजेल
चरिकोट, असोज ६
विश्व प्राथमिक उपचार दिवसको अवसरमा बिहीबार चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा योगदान राष्ट्रको लागि, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति दोलखाले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ६ महिला सहित ३५ जनाले रक्तदान गरेका थिए । दुर्घटनाका घाइते र बिरामीलाई रगतको अभाव हुन नदिन दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको योगदान राष्ट्रका लागि दोलखाका अध्यक्ष राजु थापाले बताउनु भयो ।

प्राथमिक उपचारको महत्व र यसको विविध विधिबारे जानकारी र सीप विकास गराउने उद्धेश्यका साथ प्राथमिक उपचार दिवस मनाइन्छ । विभिन्न दुर्घटना तथा घटनामा परेर घाइते भएका व्यक्तिलाई मुत्युबाट बचाउन तत्काल घटनास्थलमै गरिने उपचार नै प्राथमिक उपचार हो ।

Shares

Be the first to comment on "प्राथमिक उपचार दिवसमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*