प्राणघातक रोग रेबिजबाट बच्न बीस भन्दा बढी कुकुरलाई लगाइयो खोप

ईश्वर बिश्वकर्मा
चरिकोट, असोज १२
दोलखाको भीमेश्वर नगरपालिकाका घरपालुवा बीस भन्दा बढी कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइएको छ ।
बिश्व रेबिज दिवसको अवसरमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले आयोजना गरेको सप्ताहव्यापी खोप कार्यक्रममा नगरभित्रका २३ वटा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइएको हो ।
नगरभित्रका मानिसहरुले ४ दिनको अवधी घरपालुवा १५ भाले र ८ पोथी कुकुरलाई निःशुल्क रेबिज बिरुद्धको खोप लगाइएको केन्द्रले जनाएको छ । कुकुरले टोकेमा लाग्ने प्राणघातक रोगबाट बच्न दोलखाकामा बसोबास गर्ने मानिसका ५० दिन उमेरभन्दा माथीका घरपालुवा कुकुर तथा बिरालोलाई खोप दिइने केन्द्रका पशु विकास अधिकृत तथा सूचना अधिकारी डाक्टर निशान्त शर्माले बताए ।
दोलखामा दशैँ र भौगोलिक अवस्थाका कारणले सोचेअनुरुपको कुकुर तथा बिरालोलाई रेबिज बिरुद्धको खोप लगाउन नसकिएको निशान्त शर्माले बताए । रेबिजबाट बच्नका लागि कुकुर तथा बिरालोलाई मार्नुभन्दा पनि बन्धाकरण र रेबिजबिरुद्धको खोप लगाउन कुकुर र बिरालो पाल्ने किसानलाई उनले सुझाव दिएका छन् ।
कुकुरहरुलाई बन्धाकरण गर्नाले र प्रत्येक वर्ष रेबिज बिरुद्धको खोप लगाउनाले कुकुरहरु बढन नसक्ने र कुकुर नियन्त्रण भई रेबिज रोग लगायत ति जनावरबाट लाग्ने रोगबाट जोगिन सकिने उनले बताए ।खोप कार्यक्रम असोज १४ सम्म निःशुल्क सञ्चालन हुने भएकाले दोलखा जिल्लाका कुकुर तथा बिरालो पालक मानिसले आफ्नो जनावर ५० दिन उमेरका भएमा भेटेनरीमा आई खोप लगाउन सकिने शर्माले बताए ।
चिकित्सहरुका अनुसार घरपालुवा वा जुनसुकै कुकुरले टोके, चिथोरे, खोस्रे तुरुन्त नजिकको अस्पतालमा गई सुई लगाउनुपर्छ । पछिल्लो समय छाडा कुकुर, भुस्याहा कुकुरले मात्र नभई घरपालुवा कुकुरमा पनि रेबिज रोग हुने भएकाले घरपालुवा कुकुरलाई रेबिज बिरुद्धको खोप लगाउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

Shares

Be the first to comment on "प्राणघातक रोग रेबिजबाट बच्न बीस भन्दा बढी कुकुरलाई लगाइयो खोप"

Leave a comment

Your email address will not be published.


*