प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवार सम्मानित

ईश्वर बिश्वकर्मा
चरिकोट, असोज २४
दोलखा प्रहरीले आज ६४ औँ प्रहरी दिवस मनाएको छ ।
“अपेक्षा फलको छैन, सधैँ कर्तव्य चिन्तन । आहुती प्राण दिने, तिमीमा अभिनन्दन” भन्ने मुल नाराका साथमा जिल्ला प्रहरी कार्यालय दोलखाको प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गर्दै प्रहरी दिवस मनाइएको हो ।
सोही अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्दै अमर प्रहरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कार्यक्रममा अमर प्रहरीका परिवारजनहरु लक्ष्मी बहादुर पौडेल, ज्ञानुमाया बस्नेत, दिपेन्द्र श्रेष्ठ, मैँया श्रेष्ठ, चन्द्रकुमारी श्रेष्ठ सम्मानित भएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।
दिवसको अवसरमा व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ ढङ्गले कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा क्रमशः जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी सहायक निरीक्षक चन्द्रमान तमाङ्ग, प्रहरी हवल्दार कर्ण बहादुर भारती सम्मानित भएका छन् ।
त्यसैगरि शसस्त्र प्रहरी हवल्दार महमोद मिँया तेले, इप्रका जिरीका प्रहरी हवल्दार राजकुमार थापा, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी जवान खेम बहादुर राउत, प्रहरी जवान कविता मानन्धर, प्रहरी जवान पुर्षोतम भुजेल, इप्रका सिँगटीका मनोहर कुमार दास सम्मानित भएका छन् ।

प्रहरी दिवसको अवसरमा असोज १८ र १९ मा आयोजित अन्तर प्रहरी कर्मचारी ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने प्रहरीहरुलाई पुरस्कारसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यसैगरी किराती छापमा प्रहरी भवनका लागि जग्गा दान गर्ने सुन्दर थापालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले समृद्ध दोलखा निर्माणका लागि प्रहरी, जनता, कर्मचारी र जनप्रतिनिधीहरुले सगैँ सहकार्य गरि अघि बढ्नुपर्ने बताए । उनले प्रहरीले युगअनुसारको प्रविधी प्रयोग गर्दै नागरिकको शान्तीसुरक्षका लागि मुस्कान सहितको सेवा दिनुपर्ने बताए ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जनताको जीउधन सुरक्षाका लागि प्रहरीले निष्पक्ष र स्वतन्त्रतापुर्वक कार्यसम्पादन गर्नुपर्ने बताए ।
त्यसैगरि प्रहरी नायब उपरिक्षक मान बहादुर राईले प्रहरी सेवालाई प्रभावकारी बनाउन सबैको दायित्व रहेको बताए ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा भएको थियो ।

Shares

Be the first to comment on "प्रहरी दिवसको अवसरमा अमर प्रहरी परिवार सम्मानित"

Leave a comment

Your email address will not be published.


*