प्रहरीले रोकियो १८ बर्षियको बिबाह

 

फागुन २७, चरिकोट । दोलखा प्रहरीले विशेष सुराकीको आधारमा १८ बर्षिय किशोरीसँग हुन लागेको गैरकानुनी विवाह रोकेको छ । मुलुकी अपराध संहिता २०७४ ले तोकेको कानुन विपरित मंगलबार मेलुङ गाउँपालिका–३ भस्मेभन्ने स्थानमा हुन लागेको गैरकानुनी विवाह दोलखा प्रहरीको सक्रियतामा रोकिएको हो ।

मेलुङ गाउँपालिका–३ का रिपुबहादुर कार्कीको १८ बर्षिय छोरी मनिषा कार्कीको सोही गाउँपालिका वडा नं. ४ का ललितबहादुर थापाको २३ बर्षिय छोरा विवेक थापासँग हुन लागेको गैरकानुनी विवाह करिब ११ बजे प्रहरी पुगेर रोकेको हो ।

दोलखाको प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले प्रचलित कानुन विपरित हुन लागेको विवाह रोक्नु परेको बताए । प्रचलित कानुनअनुसार विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष हुनु पर्ने प्रावधान रहेको छ ।

कानुनी व्यवस्थाअनुरुप विवाहसम्वन्धि सम्पूर्ण प्रक्रिया रोक्न सहमत भए पछि बेहुला बेहुलीलाई उनीहरुको अभिभावकलाई नै जिम्मा लगाईएको डीएसपी पोखरेलको भनाई छ ।

बिबाह सम्बन्धी सम्पूर्ण प्रकृया रोकी जन्ती समेत फिर्ता पठाइएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७३ अनुसार २० बर्षको उमेर नपुगी बिबाह गरे गराएमा ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको ।

Shares

Be the first to comment on "प्रहरीले रोकियो १८ बर्षियको बिबाह"

Leave a comment

Your email address will not be published.


*