प्रहरीको “फाइट ब्याक” अभियान थपियो

दीक्षण समाचार
दोलखा, २० असोज
बलात्कार जस्ता यौनहिंसाका घटना बढ्न थालेपछि दोलखा प्रहरीले विद्यालयहरुमा ‘फाइट व्याक’ अभियानको अवधी थपिएको छ । दोलखा प्रहरीले बालिका तथा किशोरी यौनहिंसाका सिकार हुन थालेपछि असोज ६ गतेदेखि १५ दिने यस्तो अभियान सञ्चालन गरेको थियो ।
पहिलो चरणको अभियान शनिबार अर्थात असोज २० गते पूरा हुने भएतापनि गाउँगाउँबाट व्यापक माग बढेपछि यसको अवधी केही दिन थप गर्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिए । पहिलो चरणको अन्तिम कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. ३ को भीमेश्वर बहिरा विद्यालयमा शनिबार सञ्चालन गरेको छ ।
सार्वजनिक स्थान, स्कूल, कलेज लगायतका १३ स्थानमा उक्त अभियान सकेको छ । अधिकाँश विद्यालय र सार्वजनिक स्थानमा गराइने अभियानमा डिएसी पाठक सहितका अधिकृतस्तरका प्रहरीहरु नै सहभागी भएका छन् । अभियानमा ९ वर्षदेखि १६ वर्षसम्मको बालिकाहरु सहभागी गराइएको उनले जानकारी दिए ।
के हो फाइट व्याक ?
स्कूल, कलेजमा पुगेर प्रहरीले भन्छन, ‘यो कुनै पनि यौन दुराचार हुन लागे प्रतिरक्षा गर्ने उपाय हो । कसैले यौन हिंसा गर्न खोजे रोक्ने शुत्र हो । आफ्नो संवेदनशील अंगलाई अरुबाट बचाउने तरिका हो ।’ यस्तो अभियान प्रहरीको केन्द्र देखि आएको नभएर जिल्ला प्रहरी कार्यालय नै तर्जुमा गरेको हो ।
दोलखा प्रहरीले किन फाइट व्याक नाम दियो ? यौन अपराधविरुद्धको स्कूल शिक्षा कार्यक्रममा दोलखाका विद्यार्थीहरुले मन पराउने शब्द भएकाले उक्त नाम दिइएको प्रहरी प्रमुख डिएसपी पाठकले बताए विद्यार्थीलाई तीन पटक फाइट व्याक भन्दै ताली पड्काउन लगाएर सुरु गरिने यौन हिसांविरुद्धको शिक्षालाई विद्यार्थीले उपलब्धीको रुपमा लिइरहेका लिएको उनले बताए ।
पहिलो चरणको अन्तिम कार्यक्रम विद्यालयहरुमा त्यहाँ प्रहरीले यौन दुराचारविरुद्ध कक्षा चलायो, भिडियो देखायो र अभ्यास सिकायो । १२ वटा स्कूल र एक सार्वजनिक स्थलमा यस्तो कार्यक्रम भएको छ ।
शारिरीक आत्मरक्ष सम्बन्धी अभ्यास हो । आक्रमण भए प्रतिआक्रमण कसरी गर्ने प्रर्दशन गरिन्छ । कसरी उम्कने, कसरी हिर्काउने र आफूलाई लडाए कसरी प्रत्याक्रमण गरी उम्कने तरिका सिकाइन्छ । उक्त अभियानमा ‘पेन—ड्रप—बक्स’ अर्थात पीडा पोख्ने बाकस पनि राखिन्छ । उक्त बाकसमा बालबालिकाहरुलाई यौन हिंसा परिवारबाटै भैरहेको हुनसक्छ वा बाहिरियाबाट भन्ने लिखित पीडा पोख्न लगाइन्छ ।
प्रतिरक्षाको कक्षा समाप्त भएपछि भनिन्छ, ‘तापाईहरुलाई काखमा राख्ने बाहनामा, मायाको गरेको जस्तै गरी सुमसुम्याएको बाहनामा कुनै पुरुषले अभद्र कार्य गरिरहेको हुन सक्छन् । सधैं चकलेट दिएर फकाइरहेको हुन सक्छ । फेसबुक र फोन मार्फत फकाइरहेको हुन सक्छ ।
जिल्ला प्रहरी कार्यालयले चरिकोट सदरमुकामका विद्यालयहरुमा बढी केन्द्रीयत गरेर सञ्चालन गरे तापनि आइतबारबाट प्रहरीको उक्त अभियान टोली गाउँमा जाँदैछ । मागका आधारमा उत्तरका दुर्गम बस्तीहरुमा पुग्ने कार्यतालिका छ । जिरी नगर र तामाकोसी गाउँपालिका स्कूलहरुबाट पनि माग भएकाले कार्यक्रमको अवधि बढाइएको हो ।
स्कूलमै साथी र शिक्षकबाट गलत कार्य गर्ने प्रयास गरिरहेको हुनसक्छ । त्यस्तो कुराले मनमा डराइरहेको छ र अभिभावकलाई भन्न सकिरहेको छैन भने लेखेर यो बाकसमा खसाल्नुस । आफ्नो पहिचान दिन आवश्यक छैन, दिनु भएमा पनि गोप्य राखिने छ ।’ भिडियो डकुमेन्ट्री, कक्षा र प्रत्याक्रमण अभ्यास सकिसकेपछि राइजिङ स्टार स्कुलका विद्यालका प्रधानाध्यापक उपेन्द्र अधिकारीले विद्यार्थीमा प्रतिरक्षा गर्ने हिम्मत बताए ।

Shares

Be the first to comment on "प्रहरीको “फाइट ब्याक” अभियान थपियो"

Leave a comment

Your email address will not be published.


*