प्रस्ताबित चरिकोट अस्पताल बागमति प्रदेशको मातहतमा रहने

चरिकोट (दीस) –दोलखाको भीमेश्वर नगरपालिका चरिकोटमा रहेको प्रस्ताबित चरिकोट अस्पताललाई बागमती प्रदेश सरकारको मातहतमा सञ्चालन हुने भएको छ ।
संघीय सरकारको मन्त्रिपरिषदको मंसिर १८ गते बसेको बैठकले चरिकोट अस्पताललाई बागमती प्रदेश सरकार मातहतमा सञ्चालन गर्ने निर्णय गरेको हो ।नेपाल सरकार प्रवक्ता एवम् सुचना तथा सञ्चारप्रविधि मन्त्री पार्वत गुरुङले आज मन्त्रिपरिषदको निर्णय सार्बजनिक गर्दै यो अस्पताललाई प्रदेशमा लैजाने निर्णय गरेको बताए । मन्त्रिपरिषद बैठकले स्थानीय तह अन्र्तगत रहेका बागमती प्रदेशका ५ वटा स्वास्थ्य संस्थालाई प्रदेश सरकार मातहत सार्ने निर्णय गरेको छ । महामारीमा कर्मचारी आन्दोलनको बहाना बनाएर न्याय हेल्थ नामक संस्थाले अस्पतालबाट हात झिकेको थियो । त्यसपछि भीमेश्वर नगरपालिकाले संन्चालन गर्दै आएको छ ।

Shares

Be the first to comment on "प्रस्ताबित चरिकोट अस्पताल बागमति प्रदेशको मातहतमा रहने"

Leave a comment

Your email address will not be published.


*