प्रविधी विकास सँगै सुनसान बन्दै हुलाक कार्यालय

कबिराज थामी ,चरिकोट
प्रविधिको विकाससँगै दोलखा हुलाक कार्यालय सुनसान बन्दै आएको छ ।प्रविधी विकाससँगै देश भरका हुलाक कार्यालय सुनसान हुन थालेको हो । गाउँगाउँमा इन्टरनेट र फोनको पहुँच भएपछि चिठीपत्रको प्रयोग घटेसँगै हुलाकको आकर्षण समेत घट्दै गएको छ । हुलाकबाट सुचना गर्नुपरे महिनौँ दिन लाग्ने भएकाले पनि मोबाइल र इन्टरनेट नै बढी प्रयोग हुने गरेको हुलाक कार्यालय दोलखाका प्रमुख शान्त कडरियाले बताए । पहिलेको तुलनामा चिठीपत्र कम आउन थालेको उनको भनाई छ । व्यक्ति तथा संस्थाले इमेल, इन्टरनेट, फ्याक्स लगायत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठी कम आउन थालेका हुन् । अहिले हुलाक मार्फत व्यक्तिगत चिठीपत्र कम हुन थालेको उनले बताए । छिटफुट रुपमा संस्थागत चिठी आउने गरेको प्रमुख कडरियाले जनाएका छन् ।२०७६ साल साउन १ गते देखि माघ २९ सम्मको रजिस्टरी पत्र जम्मा ७ हजार ८ सय ३४ रहेको छ । साधारण पत्र ९ सय १ र रजेस्ट्ररी पुलिन्दा ४१ थान तथा छुट रजेस्टरी २० स्थान मात्रै चिठीपत्र आदान प्रदान गरिएको दोलखा हुलाक कार्यालयका कार्यरत शंकर सापकोटाले जानकारी दिएका छन् ।जिल्लाको हुलाक कार्यालयमा हुलाक अधिकृत सुब्बा ३ जना, खरिददार १ जना, सह लेखापाल १ जना, तथा हुलाककार १६ जना, हुलाकी १४ र १ जना कार्यालय सहयोगीमा स्थायी दरवन्दीमा रहेको दोलखा जिल्ला हुलाक कार्यालय प्रमुख शान्त कडरियाले जानकारी दिए ।

Shares

Be the first to comment on "प्रविधी विकास सँगै सुनसान बन्दै हुलाक कार्यालय"

Leave a comment

Your email address will not be published.


*