प्रविधी पछ्याउँदै शैलुङ गाउँपालिका

दीक्षण समाचार /चरिकोट, –दोलखाको शैलुङ गाउँपालिकामा इन्टरनेट तथा टेलिफोन सेवा विस्तारको काम सुरु भएको छ । संघीय सरकारको एक करोड १५ लाख रुपैयाँ लागतमा टेण्डर प्रक्रिया मार्फत इन्टरनेट र टेलिफोन पहुँच विस्तारको कामको सुरु गरिएको हो । सबै वटा वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालाई स्मार्ट प्रविधिमा आधारित बनाउन उक्त सेवा विस्तार गर्न लागिएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो । दूरसञ्चार प्राधिकरण र टेलिकमले विस्तार गरिरहेको फाइबर मार्फत सरल तरिकाले नागरिकलाई सेवा दिन इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । अगामी माघ महिना भित्रनै इन्टरनेट सेवा विस्तार गरि सक्ने लक्ष्य रहेको उहाँले सुनाउनुभयो । पालिकाका ३३ वटा विद्यालय, १२वटा स्वास्थ्य संस्था र ८ वटा वडा कार्यालयमा माघभित्र इन्टरनेट तथा टेलिफोन सेवा विस्तार गर्ने योजना रहेको छ ।

Shares

Be the first to comment on "प्रविधी पछ्याउँदै शैलुङ गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*