प्रमुख प्रशासकीय अधिकृतद्धारा विगु गाँउपालिकामा हाजिर

दीक्षण समाचार चरिकोट, – दोलखाको विगु गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा शैलेन्द्र कुमार भण्डारी आउनुभएको छ । ४० दिन निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको पालिकाले २४ गते भण्डारीलाई प्रमुख प्रशासकीयको रुपमा हाजिर गराएको हो । श्रम मन्त्रालयबाट सरुवा भई विगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई आउनुभएको भण्डारीलाई २३ गते गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । सो क्रममा उहाँले गाउँपालिकाको प्रशासनिक कामकाज तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन एक व्यक्तिले मात्र सम्भव नहुने तर पालिकामा सबै जनप्रतिनिधि तथा कर्मचारीले सामूहिक रुपमा काम गरे अपेक्षित सफलता प्राप्त गर्न सकिने बताउनुभयो । पालिकामा भण्डारी आउनुपूर्व स्वास्थ्य शाखा संयोजक ईश्वरकुमार खड्कालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । योजना सम्झौता लगायतका काम भएपनि भुक्तानी भने हुन सकेको थिएन । अहिले प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि ती सबै कामले निरन्तरता पाएको स्वास्थ्य शाखा संयोजक खड्काले बताउनुभयो ।

Shares

Be the first to comment on "प्रमुख प्रशासकीय अधिकृतद्धारा विगु गाँउपालिकामा हाजिर"

Leave a comment

Your email address will not be published.


*