प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना मेलुङमा शुभारम्भ

चरिकोट(दीस)ः श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका योजना दोलखा मेलुङ गाउँपालिकामा शुभारम्भ भएको छ । सामाजिक सुरक्षा, मर्यादित श्रम , श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मूल नाराका साथ सोमबार बाट कार्यक्रम शुभारम्भ भएको हो ।
सो कार्यक्रम शुभारम्म पछि गाउँपालिकामा सूचिकृत भएका ९ सय ७६ जना बेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारी दिनको लागि गाउँपालिका र प्रधारनमन्त्री रोजगार कार्यक्रमको साझेदारीमा नब्बे लाख असि हजार रकम खर्च गरिने मेलुङ गाउँ पालिकाले जनाएको छ । उक्त वजेटमा १७ वटा योजनाहरु सञ्चालन हुने छ । ७ वटा वडाहरुमा खानेपानी, सडक स्तरउन्नती, सडक सोलिङ र पक्की गोरेटो बाटो निर्माणका योजनाहरु छनौट गरि साझेदारीमा सञ्चालन गर्ने तयारी भएको छ । कार्यक्रममा कार्यक्रमको लक्ष्य ,उद्धेश्य औचित्य तथा कार्यक्रमको सान्दर्भिकता , नितीगत र कानुनी प्रावधान , योजना सञ्चालन तथा कार्यान्वयन, अनुगमन तथा मूल्याङकन, भुक्तानी प्रकृया तथा प्राविधिक प्रावधानका विषयमा संयोजक तथा योजना शाखा प्रमुख रामकाजी काफ्लेले र प्राविधिक गौतम रिमालले प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले कार्यक्रमबाट कार्यक्रमको अवधारणा , नितीगत र कानुनी प्रावधान तथा योजना सञ्चालनका विषयमा प्रष्ट जानकारी भएकोले योजना कार्यान्वयनमा सहजहुने र काममा गुणस्तर कायम गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गरेका छन।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पालिका उपाध्यक्ष गायत्री आचार्यले स्थानीय स्तरमा नै रोजगारीको अबसर सिर्जना गर्न पालिकाले आवश्यक नीति तथा योजना बनाउन लागिरहेको बताउनु भयो । पालिकाको योजनाले थप रोजगारी सिर्जनामा सहयोग पुग्ने धारणा ब्यक्त गर्नु भयो । यसै आर्थिक वर्षमा रोजगारी सिर्जनाका लागि थप योजना सञ्चालन गर्न पहल भैरहेको जानकारी पनि गराउनु भएको थियो । उपाध्यक्ष आचार्यले १७ वटा योजना मध्ये उत्कृष्ट काम गर्ने उपभोक्ता समितिलाई सम्मान तथा पुरस्कृत गर्ने समेत घोषणा गर्नु भएको छ । वडा नं १ का कार्यवाहक वडाअध्यक्ष डिल्ली बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारी , जनप्रतिनिधि वडाका कर्मचारी ,सूचिकृत वेरोजगार ब्यक्तिहरु तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका योजना मेलुङमा शुभारम्भ"

Leave a comment

Your email address will not be published.


*