प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँगाउँमा सडक निर्माणमा बेरोजगार

दीक्षण समाचार
चरिकोट, २० असार

चरिकोट –दोलखाका विभिन्न गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएका छन । हालसम्म दोलखाका ३ वटा पालिकामा यो कार्यक्रम सूरु भएका छन । दोलखामा रोजगारीमा आएका जनशक्तिलाई भौतिक पुर्वाधार निर्माणमा  पालिकाले रोजगारी दिएको छ ।रोजगारी आएकालाई सडक निर्माणमा गर्न पालिकाले जिम्मेवारी दिएको छ । दोलखाको शैलुङ गाउँपालिकाले निर्माण हुदै गरेको सडकमा सोलिङको निर्माण गर्न लगाएको गाउँपालिका प्रमुख भरत दुलाल बताए । त्यसैगरी तामाकोसी गाउँपालिकाले सडकको नाला निर्माण गर्ने जिम्मेवारी दिएको छ ।
कालिञ्चोक गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सोमबार एकै साथ सुन्द्रावती र सुनखानीबाट ग्रामीण सडकको नाली बनाउने कामबाट सुरु ग¥यो । गाउँपालिकाका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक सहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल सहितको सहभागीतामा कार्यक्रम सुरु भयो ।
मुख्य रुपमा सडकका खाल्डाखुल्डी पुर्ने र नाली बनाएर सडक बचाउन जनप्रतिनिधिले रोजेका छन् । कालिञ्चोक ९ सुन्द्रावतीमा कुवाचौरभन्दा माथिको सडकमा काममा बेरोजगारहरुलाई खडाएका छन् । गाउँपालिकाले पिग, साबेल, गल, सहित हेलमेट र भेष्ट व्यवस्थापन गरेर यस्तो कामको सुरुवात गरेको हो ।
वडा अध्यक्ष रामप्रसाद मैनालीले सुरुमा १० दिनका लागि २० जना छनौट गरेर काम दिएको जनाकारी दिए । बेरोजगार भनेर फाराम भरेकाहरु मध्येबाट छनौट गरेर दैनिक ७ सय ज्याला पाउने गरी उनीहरुलाई लगाइएको छ । स्थानीय आवश्यकताका आधारमा सिंचाइ कुलो, खानेपानी मर्मत लगायतका काममा लगाउन सकिने इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए ।

Shares

Be the first to comment on "प्रधानमन्त्री रोजगार कार्यक्रम गाउँगाउँमा सडक निर्माणमा बेरोजगार"

Leave a comment

Your email address will not be published.


*