प्रधानमन्त्रीलाई खुल्ला पत्र

मिति २०७६/१२/२४
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु
प्रधानमन्त्रीको कार्यलय सिहदरबार काठमाडौं
समादरणिय प्रधानमन्त्री ज्यु यो शोक र रोगको घडिमा हार्दिक नमन गर्दछु । यहाँ हामी आराम रहि हजुरको समेत आरामको कामना गरिरहेका छौ । दुई तिहाईको सरकार निर्माण पछि तपाईंको जोस, जाँगर र दृढविश्वासले सम्पूर्ण नेपाली जनतामा उत्साह र आस भरिएको सर्वबिधितै छ । जुनसुकै कठिन परिस्थितिमा  सहज तरिकाले सम्भावना देख्ने तपाईंको कलाले गर्दा नै केहि त परिवर्तन होला भन्ने म जस्ता कैयन यो देशका देशमा नै सम्भावना देखेर छट्पटाइरहेका युवालाई केही राहत समेत मिलेको छ । गतसाल प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिन वडा कार्यलय पुगेको म रेकर्ड फाइलले फाइलिङ गर्न नसकेको र वडाको कुनामा बेरोजगार सुचिको आवेदनले चुलिएको रास देखेपछि छेउमा आवेदन पत्र सङ्गालिरहेका कर्मचारीले तपाईं पनि भनेसि म नाजावाफ भएर हैन .. हैन म त कतिको आवेदन कस्तो कस्तो परेछ भनेर पो आएको भनेर जवाफ दिदै गर्दा गाउँका सामान्य ज्यालादारी गर्ने दाजुभाइ देखि लिएर दश कक्षा पास र बा¥ह पढ्दै गरेका गाउँका दाजुभाइ दिदीबहिनी होस या चुलोचौकोमा नि सिमित मेरी आमाको समेत आवेदनले म राज्यले कस्तो रोजगारी प्रदान गर्ने र के आधारमा गर्ला र म कुन आधारमा पर्छु होला भन्ने मनोजवाफले आक्रान्त भएर फर्किय । प्रधानमन्त्री चोकचोकमा क्यारिम खेलेर होस् या दोकानमा चियाको चुस्किमा ठुलाठुला गफ लडाइँ लडाइँ पनि बिहान बेलुकि आमाले भात खुवाएकि लक्का जवान छोरालाई वडा कार्यलयको बेरोजगारी सुचिमा अनुहार टास्न लागेको आमाको मैलो थैलिबाट एक महिनाको तेल भुटुनको जोहो गर्न पुग्ने सय रुपैयाँको कति माया र त्यसले टार्ने गर्जोको सम्झनाले मन चस्सक भयो होला …!!! क्यारिम र पोर्ट खेल्ने हातहरुले कस्तो श्रम लगाएर रोजगारी दिने ? र आमाको त्यो महिनौंदेखिको प्रधानमन्त्री रोजगार कार्यक्रम बाट छोरा जागिरे भएको सपना साकार पार्ने म यस्तै यस्तै मनोदशा पालेर फर्किय यो त छदैछ र पछि गाउँमा विकास निर्माणमा नै काम लगाएर रोजगार दिदा फाटेको चोलिमा कोदालो बेल्चा लिएर घरनुनिको आयोजनाको बाटो खन्न पुग्दा तिम्रो नाम नै छैन
वडाध्यक्ष लाई भन भने भन्दै गरिब सराप्दै आएकै भाउजु देख्दा  चुनावि समृद्ध गाउँको नाराले अवाक्क बनायो म आफैमा अरुको हेर्दै अवाक्क भए चिठि लेख्दा लेख्दै कतिबेर आँखामा आँसुको मुहान पलाएछ तप्प चिठिमै खस्दा पो चाल पाँय हत्तेरी समस्या नभएको मान्छे पो को होला र …..!!!
देशका तमाम समस्या छन ती तमाम समस्या हेर्न कयौं कार्यकर्ता हाम्रो सरकार हाम्रो पार्टीको प्रधानमन्त्री भनेर विभिन्न तह र तप्कामा लागिरहेका छन । गाउँका कुटोकोदालो बाट बन्ने बाटोघाटो देखि लियर करोडौंको ठेक्का पट्टामा समेत यो सबै तपाईं कै नामबाट स्वचालित छन मैले न यिनिहरुमा बोल्न सक्ने हैसियत नै राख्छु न मैले पार्टीको झन्डामा नै आफ्नो अस्तित्व लिएर हिडेकै छु यी ठुला कुरामा पत्र किन लामो बनाउनु प्रधानमन्त्री ज्यु अहिले विश्वलाई नै आतङ्कित र महामारीको को रुपमा ६० हजार को ज्यान लिइसकेको र कयौं मान्छेले मृत्युको ढोकामा पुर्याएर तड्पाइरहेको कोरोना भाइरस कोभिड१९ ले नेपाल लाई समेत अछुतो नराखेको कुरा सम्पूर्णमा थाहा नै छ । तपाईं ले म नि घरमा नै बसेर देश चलाइरहेको छु तपाईं पनि घरमै बसेर सहयोग गर्नुस है भनेको पनि आज दुइसाता १४ दिन पुग्यो । घरमा छोराछोरी निस्सासियर यो चैतमा गुम्सिएर पाकिसके दिनहुँ ज्यालादारी गरेर परिवारको मुखमा माड लाउने हामिहरु कोठामा नै थन्किएर बस्न बाध्य छौ । चामल उघाउने गिलासले भुइ छोइसक्यो बट्टाको दाल दाल सकिएर बटाबाट भित्तो देखिन्छ बुढि आमाको सास लम्ब्याउने ओखती सकिएको सात दिन भयो । घरघरमा आएर ज्यालादारी इट्टाभट्टामा काम गर्ने कामदारलाई खाधन्न राहत वितरण गर्ने सरकारको योजना भनेर घन्टा घन्टामा रेडियो कराइ रहन्छ कसैले बोलाइ हाल्छ कि ढोका ढक्कढक्क!! गर्छ कि भनेर हेर्दाहेर्दै आँखा लोलाइ सके अस्ति छोराले रेडियो खोल्दा त के जाति कोरोना रोकथामका लागि ल्याइएको सामानमा नै पो स्वास्थ्य मन्त्रीले कमिसन खाएरे भनेर रेडियोले समाचार भन्दा त म छागा बाट नै खसे यो बिपत्तिमा खान पनि ठुलै मन्त्री हुनपर्ने रैछ हामी चामल खान नपाएको लाई कहाँ को कमिसन कहाँबाट अनियमितता प्रधानमन्त्री ज्यु हजुरले फोन रेकर्ड कै भरमा विश्वासिलो आफ्नो एकमात्र सञ्चारमन्त्रीको राजिनामा माग्नाले ओलिले जोसुकैलाई पनि छोड्दैन्न भन्ने आम जनमानसमा विश्वास छाएको थियो ।
तपाई आफै दुई पटक मृगौला फेरेर आत्मविश्वासले बाच्न सफल भएको मान्छे यस्तो विपत्तिको घडिमा समेत अनियमितता गर्ने जोसुकैलाई पनि छोड्नु हुदैन हामी चामल खान नपाएर भोकले मृत्युको मुखमा पुगेका छौँ । सरकारले हामीलाई राहत दिने घोषणा गर्दै गर्दा पोहोर सालकै जस्तो भुक्मप पिडित हुदा होस् वा बाढीपीडित हुदा फोटो खिच्नैकै लागि एउटा बिस्कुट र एउटा चोखोपन लिएर फोटो खिचाए जस्तो नहोस अहिले पनि एकदिन लाउने मास्क एउटा साबुन र स्येनेटाइजरमा फोटो खिच्न तछाडमछाड गर्नैका लागि यो तातो घाँममा नबोलाइयोस भिडभाड बाट नै सर्ने भनिएको कोरोना राहत लिनैका लागि भिडभाड गर्न नपरोस् प्रधानमन्त्री ज्यु हजुरले जसरी मृत्युु लाई जित्नु भाछ अहिले जसरी नौ जनालाइ मात्रै सङ्क्रमित र एकजना त निको भएर समेत घर फर्केको सुनिएको छ यो खवर यतिमा नै रहोस् शुभकामना
उहीँ तपाईंको शुभचिन्तक
इश्वर दाहाल दोलखा
Shares

Be the first to comment on "प्रधानमन्त्रीलाई खुल्ला पत्र"

Leave a comment

Your email address will not be published.


*