प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी

काठमाडौँ, ६ असार : प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले सो जानकारी गराउनुभएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गर्नुभएको हो । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उहाँले स्मरण गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम संसद्मा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले दिनुभएको हो । आजकै बैठकमा विनियोजन विधेयक, २०८१ माथि भएका छलफलमा क्रममा उठेका प्रश्नमाथि विभिन्न आठ मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । –––

Shares

Be the first to comment on "प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी"

Leave a comment

Your email address will not be published.


*