“प्रदेश सरकारले जनमुखी काम गरिरहेको छ” मुख्यमन्त्री पाण्डे

चरिकोट (दीस) –बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले जनमुखी काम गरिरहेको बताउनु भएको छ । दोलखाको मेलुङ गाउँपालिका ६ मा रहेको गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदँै उहाँले प्रदेश सरकारले छोटो समयमा दिर्घकालिन योजनालाई जोड दिने बताउनु भयो । प्रदेश सरकारको समय थोरै भएपनि मनमोहन अधिकारीको पालाको सरकारको जस्तै प्रदेश सरकारले लोकप्रिय कार्यक्रमलाई जोड दिने बताउनु भयो । प्रदेश सरकारले कृषिमा बिभिन्न योजनाका साथ अघि बढेको बताउदै गाउँ गाउँ कृषि उपकरण वितरण गरिने बताउनु भयो । उहाँले मेलुङ सितली सडक खण्डको स्तरउन्नोतीका लागि प्रदेश सरकारले पर्याप्त बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो । “म हेटौडा गएपछि सम्बन्धी मन्त्रालयबाट फाइल मगाएर सडक हिउँद बर्खा चल्ने गरी बजेट विनियोजन गर्न निर्देशन दिन्छु ” मुख्य मन्त्री पाण्डेले भन्नु भयो । कार्यक्रममा बोल्दै, नेकपा समाजवादीका पोलिट्रब्युरो सदस्य देवशंकर पौडेलले दोलखाको बिकासको उर्वराभुमी रहेको बताउदै सहकारीले गाउँ गाउँमा युबाहरुलाइ ब्यवसायी बनाएको बताउनु भयो । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले सहकारीले कृषकको हितमा काम गर्दै आएको बताउनु भयो । “हामीले सहकारी मार्फत जनतालाई सस्तो दरमा कर्जा उपलब्ध गराउदै आएका छौ , अध्यक्ष पोखरेलले भन्नु भयो । साधारण सभामा नेकपा समाजवादीका नेता रविन्द्र कार्की , गोपाल न्यौपाने , नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुर बुढाथोकी , मेलुङ वडा नं ६ का वडा अध्यक्ष राजु कुसुम लामा , नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दीपशंकर चौलागाई ,कृषि सहकारी केन्द्रीय अध्यक्ष खेम पाठक लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । सहकारीको १०औं साधारण सभालाई मनोरंजन प्रदान गर्न कलाकारहरु कृष्ण कडेल, छत्र शाही लगायत राष्ट्रिय स्तरका कलाकारहरुको सहभागिता रहेको थियो ।सहकारीको कँुल पुजी ८ करोड २ लाख पुगेको छ। सहकारीमा महिला शेयर सदस्य संख्या १ हजार ३८, पुरुष शेयर सदस्य ६ सय ७० बाल सदस्य ३ सय जना गरेर कुल सदस्य संख्या १ हजार ७ सय ८ रहेको छ ।

Shares

Be the first to comment on "“प्रदेश सरकारले जनमुखी काम गरिरहेको छ” मुख्यमन्त्री पाण्डे"

Leave a comment

Your email address will not be published.


*