प्रदेश न ३ कै पहिलो बाल मैत्री नगर भीमेश्वर नगरपालिका

ईस्बर विक
चरिकोट–दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पुर्ण सूचक पुरा गरेर आइतबार एक कार्यक्रमकाबीच प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल बिबाहमुक्त प्रदेश बनाउने ऐतिहासिकका साथै चुनौती पुर्ण लक्ष्य लिइएको बताए ।बाल अधिकार संविधानले सुनिश्चित गरेकोले बाल अधिकारका लागी सबै लाग्नुपर्ने बताए । भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बाल मैत्री घोषणा भएकोमा खुसी व्यक्त गर्दै प्रदेश नम्बर ३ लाई महिला मैत्री, अपाङ्ग मैत्री, बृद्ध मैत्रीका साथै मानव मैत्री बनाउने उनले बताए । दोलखालाई नजिकबाट प्रदेशले हेरेकाले दोलखामा समानुपातिक विकासमा जोड दिइने दुलालले बताए । कार्यक्रममा बोल्दै भीमेश्वर नगर प्रमुख भरत बहादुर केसीले बालमैत्री घोषणा सगैँ बाल मैत्री अभियान सुरु भएको बताए । बालबालिकाका लागी नगरले विभिन्न शिर्षकमा बजेट विनियोजन गरिएको उनले बताए । नगरको २ विद्यालय निर्मानाधिन अवस्थामा रहेकाले त्यसको पनि छिट्टै निर्माण गरिने केसीले बताए । नगरपालिकाले सेवा प्रवाह सम्बन्धी बाल बचाउका १० वटा, बाल संरक्षण्का ५ वटा, बाल विकास सम्बन्धी ६ वटा र बाल सहभागिता सम्बन्धी १२ वटा सूचक र १६ वटा चरणहरु पुरा गरी नगरलाई बालमैत्री नगर घोषणा गरिएको उनले बताए । बालमैत्री नगर घोषणा कार्यक्रममा सांसद पशुपति चौलागाईँ, पुर्व राज्य मन्त्री देवी खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "प्रदेश न ३ कै पहिलो बाल मैत्री नगर भीमेश्वर नगरपालिका"

Leave a comment

Your email address will not be published.


*