प्रदुषित सहरमा काठमाडौं ११ औँ नम्बरमा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली तेस्रो वर्ष लगातार विश्वकै सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ । ‘आइक्यु–एयर’ नामक सो स्वीस ग्रुपले फोक्सोमा हानि पुर्याउने सबैभन्दा सुक्ष्म धुलोको कण, पीएम २.५ को मात्राका आधारमा विश्वव्यापी हावाको गुणस्तर मापन गर्ने गर्दछ । यही सूचीमा भारतको नयाँ दिल्ली नम्बर १ मा परेको छ भने राजधानी काठामाडौं चाहिँ ११ औँ स्थानमा आएको छ ।सूचीमा विश्वका सबैभन्दा प्रदुषित ५० सहरमध्ये ३५ वटा भारतमै रहेका छन् । रिपोर्टका अनुसार २०२० मा नयाँ दिल्लीको पीएम२.५ को औसत प्रदुषण स्तर ८४.१ रहेको थियो जुन बेइजिङको भन्दा दुई गुणा धेरै हो । कुनै समय विश्वकै प्रदुषित शहरमा पर्ने बेइजिङ, २०२० मा १४ औँ स्थानमा आएको हो ।पीएम२.५ युक्त कण भएको हावासँग लामो समय सम्पर्कमा आउँदा अर्थात त्यस किसिमको हावामा सास फेर्दा यसले क्यान्सर, मुटु रोगलगायत खतरनाक स्वास्थ्य समस्या उत्पन्न गराउन सक्छ । यसअघि ग्रिनपिस दक्षिणपूर्वी एसियाको विश्लेषण र आइक्यु–एयरले गरेको नयाँ रिसर्चमा नयाँ दिल्लीमा वायु प्रदुषणका कारण २०२० मा ५४ हजार मानिसको प्रारम्भिक मृत्यु भएको पत्ता लागेको थियो । कोरोना भाइरसका कारण जारी लकडाउनले विश्वभरि नै वार्षिक पीएम२.५ स्तरमा ११ प्रतिशतले गिरावट ल्याएपनि भारत बांग्लादेश र पाकिस्तान पछिको सबैभन्दा प्रदुषित मुलुक हो । रिपोर्टमा भनिएको छ, “भारतमा वायु प्रदुषण अझैसम्म अत्यन्तै खतरनाक स्तरमै छ ।”काठमाडौँको पीएम२.५ स्तर चाहिँ ६०.२ रहेको छ । रिपोर्टका अनुसार काठमाडौँमा मुख्यगरी सवारी साधनबाट निस्कने धुँवाका कारण बढी प्रदुषण हुने गरेको छ । रोटयर्सबाट

Shares

Be the first to comment on "प्रदुषित सहरमा काठमाडौं ११ औँ नम्बरमा"

Leave a comment

Your email address will not be published.


*